SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२९ गते
    १२४७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।पाँच पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो । मनाङको जितमा फ्लोरेन्टले ४औंमिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । २९ औं मिनेटमा अञ्जन बिष्टको पासलाई सुन्दर ‘टच’ दिँदै विमल रानाले मनाङको अग्रता दोब्बर बनाए ४१औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठको पासमा भरत खवासले गोल फर्काउँदै खेललाई २-१ मा पुर्‍याए ।  ८१औं मिनेटमा मनाङका अञ्जन विष्टले विमल रानाको पासमा गोल गर्दै टिमलाई ३-१ को स्थितिमा पुर्‍याए ।लगत्तै ८२औं मिनेटमा आर्मीका देवकुमार लामाले अघिकै प्रकृतिमा गोल फर्काए पनि जितनिकाल्न सकेन।

    दोश्रो हाल्फमा निकै आक्रामक रुपमा मैदान प्रवेश गरे पनि त्रिभुवन आर्मी क्लबले जित निकाल्न सकेन । मनाङसँग ३-२ ले स्तब्ध हुँदै साविक उपविजेता आर्मी सेमिफाइनलमै रोकिएको छ ।अब मनाङले उपाधिका नेपाल पुलिस क्लबसँग खेल्ने छ । फाइनल खेल शनिबार हुनेछ । पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं