SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२९ गते
    ७५४ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी ।लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा मार्कोस लरेन्टेले अतिरिक्त समयमा २ गोल गरेपछि एट्लेटिको मड्रिडले साविक विजेता लिभरपुलाई पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।प्री–क्वाटरफाइनलको पहिलो लेगमा घरेलु मैदानमा १–० को जित हात पारेको एट्लेटिकोले दोस्रो लेगमा लिभरपुललाई उसैको मैदानमा ३–१ ले पराजित गर्दै समग्रमा ४–२ को जित हासिल गर्‍यो । लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा लरेन्टेले अतिरिक्त समयमा दुई गोल गरे भने अल्भारो मोराटाले एक गोल थपे । लिभरपुलका लागि निर्धारित समयमा जर्जिनाओ विजनालडम र अतिरिक्त समयमा रोवर्टो फिर्मिनोले गोल गरेका थिए ।

    साविक विजेता लिभरपुललाई क्वाटरफाइनलमा पुग्न घरेलु मैदानमा जितको विकल्प थिएन।६४औं मिनेटमा जर्जिनाओ विजनाल्डमले गोल गर्दै शुरुवाती अग्रता दिलाए । निर्धारित ९० मिनेटसम्म उक्त अग्रता कायम राख्दा समग्रमा खेल १–१ को बराबरी भयो।त्यसपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । जसमा अग्रता पनि लिभरपुलले नै लियो तर जोगाउन सकेन । एट्लेटिकोले लगातार ३ गोल गर्दै डिफेन्डिङ च्याम्पियन लिभरपुललाई च्याम्पियन्स लिगबाट बाहिर पाठाईदियो। ।

    ९४औ मिनेटमा फिर्मिनोले गोल गरेपछि लिभरपुलले खेलमा अग्रता दोब्बर पार्दै समग्रमा २–१को अग्रता लियो । तर त्यसको तीन मिनेट पछि नै लरेन्टेले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याए । लरेन्टेले नै १०५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि एट्लेटिकोले ३–२ को अग्रता बनायो । यस्तै १२० औं मिनेटमा मोराटोले गोल थपेपछि एट्लेटिको शानदार जित हात पार्दे क्वाटरफाइनल पुगेको हो । लिभरपुल २००६ पछि पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं