SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
    ८५५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । कास्कीको माछापुच्छ«े गाउँपालिकामा आजदेखी राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०७६ शुरु भएको छ । रनिङ शिल्ड अन्तर्गत गाउँपालिका भित्रका सामूदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुबीचको स्पर्धामा एथ्लेटिक्स,भलिबल लगायतका खेल समावेश गरिएको छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले प्रतियोगिता उद्घाटन गर्दै विद्यालयस्तरदेखीनै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन तथा खेलाडीको खोजी गर्दै सम्वद्र्धन र प्रवद्र्धन गर्ने नीति अनुसार प्रतियोगिता गरिएको बताए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गाउँपालिकाले खेलकूदलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष गुरुङले महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानको स्तरोन्नती गरी सुविधासम्पन्न पालिकास्तरीय खेलग्रामको रुपमा विकास गरिने स्पष्ट पारे । आज भएको एक हजार ५०० मिटर छात्र दौडमा ज्ञानज्योति बोर्डिङका विकेक परियार प्रथम,महेन्द्र माविका मन्दिप नेपाली द्धितीय तथा शारदा माविका केशव जिसी तृतीय भए ।

    सोही विधाको स्पर्धामा छात्रातर्फ उदय माविका विनु विक र रितु भण्डारी क्रमशः प्रथम तथा द्धितीय र बराह माविका कविता अधिकारी तृतीय भए । त्यसैगरि १०० मिटर छात्र दौडमा बराह माविका सागर परियार प्रथम,शारदा माविका केशव जिसी द्धितीय र महेन्द्र माविका सरोज नेपाली तृतीय भए ।

    विद्यालयस्तरीय मार्चपासमा शारदा मावि प्रथम, महेन्द्र मावि द्धितीय र गौरीशंकर मनिलाल माविले तेस्रो स्थान हासिल गरे । विजयी खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष गुरुङ, वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाही, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङ,नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ तथा पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी लेखनाथ लम्साल, खेल मूल आयोजक समितिका सचिव गोविन्द अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

    प्रतियोगितामा १००,२००,४००, ८०० र एक हजार ५०० मिटर छात्र÷छात्रा दौड, ४०० मिटर छात्र÷छात्रा रिले दौड, छात्र÷छात्रा हाइजम्प, लङ्गजम्प,त्रिपल जम्प,ज्यावलिङ थ्रो, सटपुट, छात्र÷छात्रा भलिबल तथा कवड्डी समावेश गरिएको वडाध्यक्ष शाहीले जानकारी दिए । प्रतियोगिता मंगलबार सम्पन्न हुँदैछ । सरकारले विद्यालयतहबाटनै खेलकूद प्रतिभाको खोजी गर्दै सम्वद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्य सहित गतवर्षदेखी देशको सङ्घीय संरचना अनुसार स्थानीय, प्रदेश र सङ्घस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं