SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१ गते
    १७०१ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । नेपाली लोकसंगितमा पछिल्लो समय नयाँ नयाँ शैलीका गितहरु बजारमा आईरहेका छन् । बिगतको तुलनामा दर्शक श्रोताहरुको रोजाई पनि स्तरीय गितहरुमा परिरहेको बेला सर्जक दिपक पौडेल कान्छाले पनि बिल्कुलै नयाँ शैलीमा निर्माण गरेको पन्चेबाजाको गित मया मारेर बजारमा ल्याएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    परदेशी गायक भनेर चर्चामा रहेका सुर्य खड्काको दमदार आवाज रहेको गित मया मारेरले आम दर्शक श्रोताहरु मन जित्न सफल हुनेमा पुर्ण रुपमा बिस्वस्त रहेको सर्जक पौडेलले सुचनाकेन्द्र डटकमलाई बताएका छन् । दिपक पौडेल कान्छाको लय तथा शब्द श्रृजनामा तयार भएको गितलाई ठिजिटल स्टार युटुब च्यानलबाट बजारमा ल्याईएको छ र गितलाई दर्शक श्रोताहरुले मन पराइ रहेका पनि छन् ।

    रुदै थिए भाग्यसँग हारी
    दियौं हास्दै बिहेको सुपारी
    मया मारेर
    गयौं मया मारेर मलाई एक्लो पारेर जस्ता अति नै मार्मिक शब्दहरु कोर्न सिपालु दिपक पौडेल कान्छाले यस भन्दा अगाडी बजारमा ल्याएका गितहरु पनि निकै सफल गितमा गनिएका छन् । दिपक पौडेल कान्छाको लय तथा शब्दमा तयार भएको गित मया मारेरलाई तारानाथ आचार्यले एरेन्च गरेका छन् भने गितमा मोडलको रुपमा अनु पराजुली, राजेन्द्र कुँवर र सन्तोष पौडेल रहेका छन् साथै गितलाई सम्पादन सुवास अमगाई र भिडियोलाई निर्देशन तारानाथ आचार्यले नै गरेका छन् । गित सफलताको लागि सुचनाकेन्द्र डटकमको तर्फबाट पनि शुभकामना ।।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं