

कृष्णनगर,कपिलवस्तु ।
कपिलवस्तु को शिवराज नगरपालिका वडा नं.५को सभाहाल मा सोमवार का दिन आयोजित “लालटिन को उज्यालोमा” (आत्म कथा)पुस्तक समिक्षा कार्यक्रम सम्पन्न भएका थिए।
कार्यक्रम का प्रमुख अतिथि ५नं.प्रदेश का प्रदेश.सभा सदस्य अर्जुन केसी,विशिष्ट अतिथि “लालटिनको उज्यालोमा”(आत्म कथा) पुस्तक का लेखक सरस्वती ज्ञावली,अतिथि नेकपा सचिवालय सदस्य लंक बहादूर हमाल,राष्ट्रीय जनता पार्टी का केन्द्रीय सचिव रवि दत्त मिश्रा,समाजवादी पार्टी ५नं.प्रदेश सदस्य अकरम पठान,भाषा संघ कपिलवस्तु का महासचिव जगत पौडेल,वडा नं.५का वडाध्यक्ष अर्जुन ब. पान्डे,लगायत विभिन्न संघ संस्था का.प्रमुख तथा प्रतिनिधी हरुको उपस्थिती मा लालटिनको उज्यालोमा कृति समिक्षा गरेका थिए।
महिलाहरु समाज का एउटा खम्भा हुन समाजमा रहेको महिलाहरुको पिडा,भेदभाव हरु लाई हटाउने प्रयास को लागि र आफूले भोगेको कृति आफ्नो जीवनको भोगलाई घटना मात्र नभएर समाजका आम महिलाहरुको संग घटेको घटना को चित्रण गरि घरपरिवार को जिम्मेवारी निर्वाह गर्दै राजनितिक संघर्ष र द्वन्द काल मा महिला भएर जिम्मेवारी निर्वाह गरेको समय व घटना लाई आज को समय व समाज को परिस्थिती लाई हेर्दै “लालटिनको उज्यालोमा”नामक पुस्तक लेखेको लेखक सरस्वती ज्ञावली ले बताएका थिन्।
अवलोकन को क्रममा सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म.हेक्वा कृष्णनगर का सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही,ईलाका प्रहरी कार्यलय कृष्णनगर का प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेल,लगायत संघ संस्था र समाज का अगुवाहरु को उपस्थिती रहेका थिए।
लालटिनको उज्यालोमा समिक्षा कार्यक्रम का आयोजक सर्व समाज उत्थान मञ्च कृष्णनगर र सहयोग इम्बार्क इन्टरनेशनल कृष्णनगर संस्था ले गरेका थिए।
उक्त कार्यक्रम को अध्यक्षता सर्व समाज उत्थान मंच को उपाध्यक्ष मिर्जा अरशद बेग र कार्यक्रम संचालन दलित मानव अधिकार निगरानी समिती अध्यक्ष मिना परियार ले गरेकी थिन।