SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/२० गते
    ४६२ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत।७ औ पर्बत महोत्सवको आज दसौ दिनमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल मोदी गाउँपालिका र महाशिला गाउँपालिका बीच भएको निकै प्रतिस्पर्धात्मक खेलमा महाशिला गाउँपालिका ३-२ को रोमान्चक सेटमा बिजयी भयो । यो जित संगै महाशिला गाउँपालिका फाइनलमा प्रबेश गर्यो भने मोदी गाउँपालिकाको फाइनल पुग्ने सपना चकनाचुर भयो । अब महाशिला गाउँपालिकाले फाईनलमा गल्कोट नगरपालिका र फलेबास नगरपालिका बीचको बिजेता संग फाईनल खेल्ने छ ।

    खेल निकै प्रतिस्पर्धात्मक र रोचक भएको थियो । बेस्ट अफ फाईपमा भएको खेलमा मोदी गाउँपालिका पहिलो सेट २५-२३ ले जित्यो भने दोस्रो सेट महाशिला गाउँपालिकाले २५-१६ ले जित निकाल्दा तेस्रो सेट पनि महाशिला गाउँपालिकाले २५-१९ ले जित हासिल गर्दा चौथो सेट मोदी गाउँपालिकाले २५-१४ मा जित निकाल्दै  खेलमा फर्कियो तर अन्तिम फाईनल सेटमा महाशिला गाउँपालिकाले १५-१२ को झिनो अन्तरले जित निकाल्दै महाशिला गाउँपालिका फाइनलमा प्रबेश गर्न सफल भयो भने मोदी गाउँपालिका सेमिफाइनल बाटै तिस हजारमा चित्त बुझाउदै घर फर्कियो ।

    नकआउट चरण मा खेलाएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,००,०००/ (दुईलाख , सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ३०,०००/ (तिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई पनि ३०,०००/ (तिस हजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ । प्रतियोगिता सफाल बनाउन जिल्ला खेलकुद विकास समिति,पर्बत र जिल्ला भलिबल संघ पर्बतले पनि व्यवस्थापनमा सहयोग गरेको खेल संयोजक शेरबहादुर चोचाङ्गीले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं