SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२८ गते
    ६२० &#२३४६;&#२३३५;&#२३२५;

    गोविन्द तिमिल्सिना, हेमजा । स्नो भ्यू बोर्डिङ स्कुल पोखरा २५ हेमजाले शैक्षिक प्रर्दशनी कार्यक्रम आइतबार बिद्यालय प्राङ्गणमा गरेको छ । कार्यक्रममा बिधार्थीद्धारा निर्मित हस्तकलाका सामाग्रीहरु प्रर्दशनी गर्नुको साथै बिक्री गरिएको छ ।

    काठमाण्डौ विश्वविधालयका डिन बालचन्द्र लुइँटेलले आजको आवश्यकता प्राबिधिक शिक्षा भएको बताउदै बिदेश जान पनि सिपको आवश्यक पर्ने बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले कार्यक्रम सफलताको शुभकामना दिदै शिक्षामा प्रबिधि मैत्री बनाउन आवश्यक रहेको उल्लेख गर्नु भयो ।

    बिद्यालयले स्टिम विधिको प्रयोग गरी शिक्षण कार्यलाई गुणात्मक तथा प्रभावकारी बनाउनका निम्ती बिषय बस्तुका आधारमा शिक्षण गर्दै आई रहेको छ । काठमाण्डौ विश्वविधालय मार्फत सञ्चालित सि पि इ कार्यक्रक अन्र्तगत अध्यन गराउदै आएको छ । कक्षा नर्सरी देखी कक्षा १२ सम्मका विधार्थीले अध्यन गरेका अलग अलग विषयको समष्ट्रीगत सिकाइलाई सदुपयोग गर्न ब्यवसायिक सिप एवम् प्राविधिक ज्ञानको प्रयोग गरी निर्माण गरेका सामाग्रीहरुको कक्षगत रुपमा प्रदर्शन गरेका हुन ।

    बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णु कुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन परशुराम अधिकारीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं