SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१६ गते
    १२६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्र्तगत रहेको लायन्स क्लब अफ पोखरा पिस सोसाइटीले सडक दुर्घटना सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

    गत सोमबार पोखरा महानगरपालिका वडा नं. ७ स्थित जनप्रिय बहुमुखी क्याम्पसमा सम्पन्न सडक दुर्घटना सचेतना कार्यक्रम प्रमुख अतिथि गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरिक्षक जनक बहादुर शाहीले कार्यक्रमको उद्घाटन गर्दै सडक दुर्घटना हुनमा हामी सबैको कुनै कुनै रुपमा जिम्मेवार हुने भएका कारण सबैले अनुशासन पालना गर्न सकेमा सडक दुर्घटनामा कमि ल्याउन सकिने वताए ।

    कार्यक्रममा डिस्ट्रिक्ट गर्भनर मिलन थापा, पोखरा मनपा वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्य, क्याम्पस प्रमुख रमेश खड्का, माछापुच्छ्रे टोलविकास संस्थाका अध्यक्ष संगीता शर्मा लगाएतले शुभकामना व्यक्त गर्दै लायन्स क्लबले उत्कृष्ठ कार्य गरेको वताएका थिए ।

    सो अवसरमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु, विभिन्न टोलविकास संस्था तथा आमा समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने जिल्ला प्रहरी ट्राफिक कार्यालय प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले सडक दुर्घटना सचेतना सम्बन्धि प्रशिक्षण दिएकी थिईन ।

    लायन्स क्लब अफ पोखरा पिस सोसाइटीका अध्यक्ष नरेन्द्र कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा उद्धेश्यबारे कार्यक्रम संयोजक क्लबका पुर्व अध्यक्ष प्रेमकुमार क्षेत्री र संचालन उपाध्यक्ष रमेश थापाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको मोदी गाउँपालिकामा श्रम अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

    पर्वत । जिल्लाको मोदी गाउँपालिकाका रहेका जलबिद्युत आयोजनाका श्रमिक तथा कर्मचारीहरुका लागि १ दिने अभिमुखीकरण...

    पर्वतमा वृहत खेलकुद तथा सांस्कृतिक महोत्सव सुरु,सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री थापा द्वरा महोत्सवको उद्घाटन

    पर्वत । जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक...

    गायत्री सिकाई केन्द्रको फोहर व्यवस्थापन सचेतना सम्पन्न

    शिशिर पोखरा। गायत्री बहुद्घेश्यीय सिकाई केन्द्र, पोखरा १९ ले फोहर व्यवस्थापन सचेतना सहित कम्पोष्ट विन...

    भोली बाट सुरु हुने गण्डकी प्रदेश स्तरीय खेलकूद तथा सांस्कृतिक महोत्सबको सम्पुर्ण तयारी पुरा

    पर्वत ।जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा यहीँ माघ १५ देखि २४ गतेसम्म संचालन हुने...

    पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता, महासंघ बिजयी

    पर्वत। पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं