SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१६ गते
    ९४ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले आज एक कार्यक्रम बिच नागरिक सहायता कक्ष स्थापना गरेको छ।

    नेपालको प्रमुख भन्सार नाका कृष्णनगर हुदैं बर्सेनि लाखौं नागरिक आवत जावत गर्छन्। दशै तिहार तथा छठमा परदेशीएका नागरिक हरू आ आफ्नो घर फर्किएर चाडपर्वमा आफन्तजन संग दशै तिहार मनाउने गर्छन।

    सोही कुरा लाई मध्य नजर गर्दे भारत लगायत अन्य मुलुक बाट कृष्णनगर भन्सार हुदैं नेपाल भित्रिने नेपाली लाई आवश्यक सहायता तथा सहजता उपल्बध गराउने उद्देश्यका साथ नागरिक सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए।

    कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ताले भारत बाट दशै तिहार मनाउन आउने नेपाली लाई सहजता उपलब्ध गराउने उद्देश्यका साथ स्थापना गरिएको नागरिक सहायता कक्ष इलाका प्रहरी कार्यालय कृष्णनगरको सराहनीय कदम रहेको बताउदै कुनै पनि बहानामा हाम्रा नेपाली हरू ठगिनु हुन्न भन्ने कुरा राख्नु भयो।

    साथै चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन लाई ईलाका प्रहरी कार्यालय कृष्णनगरले चार जना प्रहरी लाई बाइकमा लाइभ क्यामरा सहित आफ्नो मताहत क्षेत्र भित्र आज देखि नै परिचालन गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

    नागरिक सहायता कक्ष स्थापना कार्यक्रममा सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेंद्र न्यौपाने, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खां, आफन्त नेपालका क्षेत्रिय संयोजक केशर विश्वकर्मा, वडा सदस्य राहुल मोदनवाल,शान्ति पुनर्स्थापना गृहकी सुमित्रा भण्डारी, प्रहरी वरिष्ठ नायब निरिक्षक महेन्द्र पोखरेल, निलकण्ठ ढकाल, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, होटल व्यवसायी लगायतको उपस्थित रहेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं