SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१९ गते
    १५५ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पोखरा। विन्ध्यवासिनी क्याम्पस पोखरा १६ बाटुलेचौरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम शनिबार सम्पन्न भएको छ।

    नेपाली राष्ट्रिय पर्वको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले क्याम्पसले भोगिरहेको जग्गा समस्यालाई समाधान गर्न मन्त्रालयले पहल गर्ने बताउनुभएको छ। उहाँले जग्गाकै कारण क्याम्पसलाई आउने सहयोग रोकिन नहुने बताउँदै, स्थानीय सरकारले पनि यस विषयमा गम्भिरता पुर्वक ध्यान दिनुपर्नेमा जोड दिनुभयो। पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले विन्ध्यवासिनी क्याम्पस यस क्षेत्रको शैक्षिक केन्द्र भएकोले, यसमा देखिएको समस्या समाधान गर्न सवै पक्ष लाग्नुपर्ने बताउनुभयो।

    क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर वाँनियाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका सिनेटर पुर्व वडाध्यक्ष जीवन आचार्य , संस्थापक क्याम्पस प्रमुख नरहरि भट्टराई, विन्ध्यवासिनी माविका निमित्त प्रधानाध्यापक भेषराज पौडेल, प्रशासनिक डिन विजय शर्मा, क्याम्पस प्रमुख सुमन केशव पराजुली लगायतकाले जग्गा अभावका कारण, क्याम्पसले समस्या भोगिरहेको र विश्वविद्यालयवाट प्राप्त सहयोग पनि गुम्ने अवस्थामा पुगेको बताउँदै, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्। एक आपसमा शुभकामना आदान प्रदान गरिएको कार्यक्रमको सञ्चालन क्याम्पसका लेखा प्रमुख भीमवहादुर गायकले गर्नुभएको थियो।

    यसैबिच भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले पनि शनिबारै शुभकामना आदान प्रदान गरेको छ। मञ्चका अध्यक्ष हरिवहादुर वरूवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी विन्ध्यवासिनी माविका पुर्व प्रधानाध्यापक शालिग्राम अधिकारीले नेपालीजनका चाडपर्वले एक आपसमा एकता, सहकार्य र भातृत्वलाई प्राथामिकता दिएको बताउँदै, पर्वको मौलिकतालाई जोगाई राख्न सुझाव दिनुभयो ।

    कार्यक्रममा पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, हिमालय क्लवका अध्यक्ष मोहन थापा, विन्ध्यवासिनी माविका निमित्त प्रधानाध्यापक भेषराज पौडेल, मञ्चका सचिव भीमबहादुर गायक लगायतले बोलेका थिए। आजिवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा गण्डकी डान्स आईडल विजेता करिना गहतराजले मौलिक नेपाली नृत्य प्रस्तुत गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं