SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/१७ गते
    ७६६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला स्तरीय कोराना रोकथाम जिल्ला समन्वय समितिले वैशाख १९ गते देखि एक हप्ता कुश्मा बजारमा निषेधाज्ञा सहितको लक डाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार आज बसेको वैठकले आगामी आइतबार देखि सदरमुकाममा एक हप्ते निषेधाज्ञा सहितको लक डाउन गर्ने निर्णय गरेको हो ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार १८ गते राती १२ बजे देखि एक हप्ता सदरमुकाम कुश्मा बजार भित्र सवारी साधन बन्द हुनेछन भने अत्यावश्यक बाहेकका पसलहरु पनि बन्द हुनेछन् ।

    अत्यावश्यक बाहेक कोहि पनि घरबाट बाहिर ननिस्कन समेत प्रशासन कार्यालयले सर्वसाधरणलाई आग्रह गरेको छ । अत्यावश्यक सेवा अन्तर्गतका पसलहरु पनि विहान र साँझको समयमा मात्र खुल्ला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ ।

    जिल्लामा संक्रमणको दर बढ्दै जाँदा कुश्मा नगरपालिकाले नगरको बजार क्षेत्रमा लक डाउन सहितको निषेषाज्ञा जारी गर्र्न अनुरोध गरेको थियो । बजार क्षेत्र बन्द रहे पनि मध्यपहाडी लोकमार्गमा पुर्व पश्चिम सञ्चालन हुने सवारी साधन सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी पाण्डको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं