SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/२२ गते
    ५३ &#२३४६;&#२३३५;&#२३२५;

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समपन्न गरेकाे छ ।

    सामूदायिक भवन पिपलागैरामा संस्थाका अध्यक्ष बैकुण्ठ पाैडेलकाे अध्यक्षतामा आयाेजित साे कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक मुक्तिनाथ पाैडेलले चाड पर्व कत्ति पनि तडक भडक नगरी आफ्नै माैलिकता र मित्रभावले मनाउन आग्रह गर्नुभयो ।

    कार्यक्रममा घार्मी जनजागर आमा समूहका सचिव हिरादेवी पाैडेल, घार्मी कृषी वातावरण तथा पर्यटन सहकारीका सचिव राजकुमार पाैडेल, मैदान टाेल विकास संस्थाका उपाध्यक्ष भिम प्रसाद पाैडेल भूमे मैदान बहुउद्धेश्यी समूहका नि वर्तमान अध्यक्ष रामचन्द्र पाैडेल, सल्लाहकार पाेषराज पाैडेल, संस्थापक सचिव दुर्गा प्रसाद पाैडेल, सदस्य पार्वती पाैडेल लगायतले बाेल्नु भएकाे थियाे ।

    कार्यक्रममा समुहमा आवद्ध हुनुभएका नया सदस्य परशुराम पाैडेल तथा कुमार पाैडेललाई खादा लगाएर स्वागत गरियाे । अर्ध वार्षिक समिक्षा सहित गरिएकाे साे कार्यक्रममा संस्थाका काेषाध्यक्ष सुनिता अधिकारी पाैडेलले आर्थिक प्रतिवेदन पेश गर्नु भएकाे थियाे । संस्थाका सचिव रामप्रसाद पाैडेलकाे संचालन रहेकाे साे कार्यक्रममा उपाध्यक्ष डिल्लीराम पाैडेलले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं