SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/२१ गते
    ४८ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा सहित विधि पुर्वक महाआरती गर्ने भएको छ। ऐतिहासिक स्थल बाटुलेचौरमा रहेका चण्डिका, कालिका र अम्बिका मन्दिरमा असोज २४ गते फुलपातीका दिनदेखि विहान कलश यात्रा सहित शुभकामना आदानप्रदान र चियापान गरिने र साँझ महाआरती गर्ने गरी तयारी तीव्र पारिएको सोमवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ।

    विभिन्न जातजाति र समुदायको समवन्यमा हुने कलश यात्रा चण्डिका मन्दिरबाट सुरु भई, गणेश मन्दिर, अम्बिका मन्दिर,राजपँधेरा हुदै कालिका मन्दिरमा पुगेर शुभकामना आदानप्रदान तथा चियापान समारोहमा परिणत हुने समाजका निवर्तमान अध्यक्ष सन्दिप थापाले जानकारी दिनुभयो। उहाँका अनुुसार कलश यात्रामा तमु,मगर, तामाङ, गन्धर्व, विश्वकर्मा सहित विभिन्न आठ वटा जातिय समुदाय आ-आफ्नो भेषभुषा सहित सहभागि हुने र यात्रामा नौमती बाजा र भजन चुड्का प्रस्तुत गरिने बताइएको छ।

    सप्तमीका दिन चण्डिका मन्दिर महाआरती हुने, अष्टमीका दिन कालिका मन्दिरमा गरिने सो अवसरमा विभिन्न समुदाय, आमा समुह, तथा टोल विकास सस्थाले सहयोग गर्ने सचिव गोविन्द बहादुर थापा राजेन्द्रले बताउनुभयो।

    पत्रकार सम्मेलनमा बोल्दै क्षेत्री समाजका सल्लाहकार वेनी बहादुर बस्नेतले पोखरा १६लाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले जातिय एकता र धार्मिक सद्भाव बढाउने हुदाँ यो कुनै जाति विशेषको नभएको स्पष्ट पार्नुभयो। सम्मेलनमा सल्लाहकार दुर्गा केसी थापा, समाजका सदस्य दिलबहादुर थापा, क्षेत्री महिला समाजकी उपाध्यक्ष मनु वस्नेत लगायतले यस क्षेत्रलाई त्रीदेवी तिर्थस्थलको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । यसअघि हिमालय क्लवले घटस्थापनादेखि कालिका मन्दिरमा दुर्गा पूजा तथा सन्ध्याकालीन आरती गरिरहेको छ ।समाजका सचिब थापाले संचालन गर्नुभएको कार्यक्रम कार्यवाहक अध्यक्ष रामशरण बानियाँको अध्यक्षतामा भएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं