SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/२७ गते
    ८७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा गण्डकी प्रदेशमा ।।।बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुने भएको छ  । गण्डकी प्रज्ञा प्रतिष्ठानमा शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा सहभागी हुनेछन् ।

    सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रदेश बाल परिषद्को सहकार्यमा हुने कार्यक्रममा शुक्रबार बिहान ८ बजेदेखि सुरु हुनेछ । बालबालिकाको सवाललाई प्रदेश सरकारले कसरी लिएको छ ? अघिल्लो वर्ष भएका बाचाको वस्तुस्थिति र आगामी दिनमा बालबालिकालाई प्रदेश सरकारले हेर्ने दृष्टिकोणलाई स्पष्ट पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयकी महिला विकास अधिकृत देवी शर्माले जानकारी दिइन् । कार्यक्रममा बालबालिकाले आफुलाई लागेको प्रश्न वा जिज्ञासा मुख्यमन्त्रीलाई प्रत्यक्ष रुपमा राख्न सक्नेछन् ।

    कार्यक्रममा प्रदेशभरबाट करिब एक सय बालबालिका सहभागी हुने शर्माले बताइन् । मन्त्रालयले यसअघि पनि उक्त कार्यक्रम गर्दै आएको छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गर्नेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रोटरी क्लवद्धारा पोखरामा निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने

    पोखरा। रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा...

    जय नेपाल फाउण्डेशन पर्वतको नब निर्वाचित पत्रकारहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम

    पर्वत।सामाजिक सेवामा सक्रिय जय नेपाल फाउण्डेशन पर्वतले केहि दिन अघि सम्पन्न महाधिवेशनवाट विभिन्न पदमा निर्वाचित...

    सामाजिक काममा अग्रसर पर्वत कुश्मा नारी समुहको डस्टबिन तथा स्वास्थ्य साामाग्री बितरण कार्यक्रम सम्पन्न

    पर्वत । सामाजिक काममा अग्रसर रहेको पर्वत कुश्मा नारी समुह कुश्माले आज बिशेष कार्यक्रमका बिच...

    श्रीलंकामा करेन्ट लागेर ५० जंगली हात्ती मरे

    श्रीलंकामा यो वर्ष अहिलेसम्म ५० जंगली हात्तीको लुकिछिपी बिछ्याइएका विद्युतीय तारले करेन्ट लागेर मरेका सिलोन...

    सूर्यज्योति लाइफद्वारा २० प्रतिशत नगद लाभांश वितरण

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस ६ गते सम्पन्न साधारणसभाले स्वीकृत गरेको २०...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं