SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/१० गते
    १२८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत।सामाजिक सेवामा सक्रिय जय नेपाल फाउण्डेशन पर्वतले केहि दिन अघि सम्पन्न महाधिवेशनवाट विभिन्न पदमा निर्वाचित पत्रकारहरुलाई सम्मान तथा वधाई ज्ञापन गरेको छ । बुधवार दिउँसो एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरेको हो । पर्वतवाट नेपाल पत्रकार महासंघमा निर्वाचित केन्द्रीय सदस्य छविलाल तिवारी, प्रदेश उपाध्यक्षमा निर्वाचित माया अधिकारी, जिल्ला अध्यक्षमा निर्वाचित लक्ष्मण सापकोटा लगायत सम्पुर्ण कार्यसमितिलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

    https://youtu.be/GIWL8V2f_io?si=ypiQJUXPsU8a1mEg

    कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेश सहमहामन्त्री तथा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले समाज परिवर्तन र सुशासन कायम गर्नका लागि पत्रकार तथा सञ्चारकर्मीको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । उहाँले समाजमा रहेका विकृति र विसंगतिको अन्त्य गर्दै आवाजबिहीनका आवाज बुलन्द गर्नका लागि पत्रकारहरुले महत्वपुर्ण भूमिका खेल्दै आएको बताउँदै पत्रकारहरुको पेशागत हकहितको सुरक्षाका निम्ति एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=ypiQJUXPsU8a1mEg

    कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति शिवप्रसाद सुवेदीले राज्यको चौथो अंगको रुपमा रहेका पत्रकारहरुले समाजमा रहेका बिकृति र विसंगतिहरुलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दल, सामाजिक संघसंस्था सँगै पत्रकारहरु समेत एकजुट भएर अघि बढ्‌नुपर्ने बताउनुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=ypiQJUXPsU8a1mEg

    कार्यक्रममा कुश्मा नगरपालिका वडा नं। २ का वडा अध्यक्ष लालकृष्ण बास्तोला, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले बोल्नुभएको थियो । जयनेपाल फाउण्डेशन पर्वतका संयोजक चित्रकला भारती शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत चित्रराज रेग्मी र संचालन कमलनाथ शर्माले गर्नुभएको थियो । नेपाल र विभिन्न मुलुकमा समेत शाखा सञ्जाल रहेको जयनेपाल फाउण्डेशनले विभिन्न रचनात्मक काम गर्दै आएको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=ypiQJUXPsU8a1mEg

    प्रतिकृया दिनुहोस्

    Loading...

    निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द

    ढोरपाटन । जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ । निसीखोला...

    विद्यालय खाजामा लगानी बढाउन सरोकारवालाको माग

    काठमाडौँ । पोषणयुक्त खाजा बालबालिकाको सिकाइको निम्ति आधारभूत विषय हो । यसले स्वस्थ शरीर र...

    काँग्रेस महाधिवेशनका लागि पार्टी पदाधिकारीहरु गतिशील हुन आवश्यक छ : नेता महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले प्रजातन्त्रको उच्चतम विशेषता...

    प्रगतिशील लेखक संघ पर्वतको सातौँ जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा आनन्द  रिमाल

    पर्वत । प्रगतिशील लेखक संघ पर्वतको सातौँ जिल्ला अधिबेशन आज सम्पन्न भएको छ। शताब्दी घर...

    आन्तरिक पर्यटनको प्रर्वद्घन गर्दै घार्मीका आमाहरु

    शिशिर उजाड,पोखरा ।पोखरा १९ घार्मीका आमाहरुले आन्तरिक पर्यटन प्रर्वद्घन गर्न, छिमेकी जिल्लामा रहेका महत्वपुर्ण पर्यटकीय...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं