
पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले हात पारेको छ ।
बिहीवार सम्पन्न फाईनल खेलमा पर्वत भलिवल संघलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेट २५र२७, दोस्रो सेट २५र२७ ले स्याङ्जाले जितेको थियो भने तेस्रो सेटक २२–२५ ले पर्वतले जितेको थियो । त्यसैगरी चौथो सेटमा पुनः स्याङ्ले २२र२५ को अन्तरमा जित निकाल्दै उपाधि चुम्न सफल भएको हो ।
यो सँगै पर्वत भलिवल संघ उपबिजेताबनेको छ । भने प्रतियोगितामा तेस्रो म्याग्दी भलिबल संघ बनेको छ । यो प्रदेशको छनौट खेल समेत हो । उपाधिसँगै स्याङ्जाले नगद रु। ७५ हजार ट्रफि र प्रमाणपत्र, पर्वतले रु।५० मेडल र प्रमाणपत्र तथा म्याग्दीले रु।३० मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
जिल्ला खेलकुद विकास समिति पर्वतले आयोजना गरेको जिल्ला स्तरीय भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ८ वटा जिल्लाले भाग लिएका थिए ।
यसैगरी खुल्ला महिला भलिवल छनौट खेलतर्फको उपाधि म्याग्दीले हात पारेको छ । म्याग्दी र पर्वतबीच भएको फाईन खेलमा ३–०को सोझो सेटमा म्याग्दीले उपाधि हात पारेको हो । महिलातर्फ कास्कीको समुह तेस्रो बनेको छ ।उपाधिसँगै म्याग्दी भलिबल संघले नगद रु। ७५ हजार ट्रफि र प्रमाणपत्र, पर्वतले रु।५० मेडल र प्रमाणपत्र तथा कास्कीले रु।३० मेडल र प्रमाणपत्र प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले जानकारी दिनुभयो ।
बिजेताहरुलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पुरस्कार प्रदान गर्नुभएको थियो । उहाँले खेल क्षेत्रको विकासका लागि गण्डकी प्रदेशले विशेष कार्ययोजना बनाएर अघि बढेको बताउनुभयो । खेललाई पर्यटनसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ। उक्त महोत्सव १० दिन सम्म सञ्चालन भएको थियो । खेल सगैँ मनोरञ्जन र खेलकुदको बिकास का लागि गरिएको महोत्सब भब्य रुपमा सफल भएको मुल संयोजक हर्कमान गुरुङ्गले जानकारी दिनुभयो छ। समापन समारोहमा १० दिन सम्म सञ्चालित खेल हरुको बिजेताहरुलाई पुरस्कार बितरण गरिएको थियो । जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष हर्कमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश खेलकुद सदस्य श्रीधर शर्माले आफ्नो राख्नुभएको थियो भने कार्यक्रममको सञ्चालन लोक गायक एवम पत्रकार कृष्ण अखेलीले गर्नुभएको थियो ।
माघ १५ गतेदेखि सुचारु विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु सवै सम्पन्न भएको जिल्ला खेलकुद विकास समिति पर्वतले जनाएको छ