SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१२/३ गते
    ७४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्षमाथि रड प्रहार भएको छ । वडाध्यक्ष दीपक सुवेदीमाथि शनिबार स्थानीय भूपेन्द्र गिरी  ले (ठूलो)रड प्रहार गरेका हुन् ।

    सार्वजनिक जग्गा अतिक्रिमण रोक्न पुगेका वडाध्यक्ष सुवेदीमाथि गिरीले रडले हान्दा सँगै रहेका अर्का स्थानीयले छेकेका थिए ।सुवेदीसँगै त्यहाँ वडा सदस्य विमला केसी र अन्य स्थानीयहरुपनि उपस्थित थिए । गिरीले सार्वजनिक जग्गा मिचेर आफ्नो घर नजिकै संरचना निर्माण गरिरहेका थिए ।

    घर नजिकै रहेको बाझी पोखरीले चर्चेको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिरहेकाले रोक्न जाँदा आफूमाथि ज्यान मार्ने उद्देश्यका साथ रड प्रहार गरेको वडाध्यक्ष सुवेदी बताउँछन् ।

    ‘पहिल्यै सार्वजनिक जग्गामा घर नबनाउनुस्, यसले समस्या पर्छ भन्दा पनि उहाँले अटेर गर्दै बनाइरहनुभयो । मेरै हो भनिरहनुभयो । त्यसोभए सेतो रातो जे पुर्जा छ, देखाउनुहोस् न त भन्दा प्रमाण केही देखाउन सक्नुभएन । त्यो सार्वजनिक जग्गा नै हो ।’ सुवेदीले भने– ‘महानगरसँग समन्वय गरी नगर प्रहरी बोलाएर रोक्न खोज्दा उहाँ मार्ने उद्देश्यले प्रस्तुत हुनुभयो । उहाँले रड लिएर आउनुभयो । एक्कासी मलाई हान्दा अगाडि बढेर रोकेँ, अर्को साथीले पनि छेक्नुभयो, टाउकोमा लागेको भए ?’

    गिरी विरुद्ध प्रहरीमा उजुरी

    वडाध्यक्ष दीपक सुवेदीले आफूमाथि रड प्रहार गर्ने स्थानीय भूपेन्द्र गिरीविरुद्व निवेदन दिएका छन् ।गिरीलाई कारवाहीको मागसहित वडा प्रहरी कार्यालय बैदाममा आज निवेदन दिएको प्रहरीले बताएको छ । रड प्रहार गरेका गिरीलाई सोधपुछका लागि कार्यालय बोलाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी सन्तोष निरौलाले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘कर्मा’: मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको...

    नेविसंघमा कार्कीको उम्मेदवारी खारेज, जोशी समूह आधिकारिक:त्रिवि विश्वविद्यालय

    काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवारको मान्यता दीपकराज जोशी समूहले पाएको छ ।नेविसंघकोतर्फबाट...

    वक्तृत्वकला प्रतियोगितामा गोगन मा.वि.की सुजाता प्रथम

    पोखरा । विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति कास्कीको आयोजनामा सञ्चालित ।।।सनातन हिन्दु धर्म संस्कार...

    पोखरा २१ का वडाध्यक्ष सुवेदीमाथि रड प्रहार, गिरी विरुद्ध प्रहरीमा उजुरी

    पोखरा । पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्षमाथि रड प्रहार भएको छ । वडाध्यक्ष...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं