SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१२/२ गते
    ४० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् । पर्वतको फलेवास नगरपालिका-५, खानीगाँउ स्थित मोती सामुदायिक पुस्तकालयमा संचालित ट्याग परियोजना अन्तर्गत किशोरीहरुले सचेतना कार्यक्रम संचालन गरेका हुन । कुहिने र नकुहिने फोहोर वर्गीकरण, व्यवस्थापन र प्लाष्टिकको प्रयोगले पार्ने असरहरुको बारेमा शुक्रबार भवन पोखरा टोलमा सचेतनामुलक सामुदायिक परियोजना कार्य सम्पन्न भएको हो ।

    कार्यक्रममा वातावरण संरक्षणका लागि फोहोर छुट्याउने तरिकाहरु, प्लास्टिकको अत्यधिक प्रयोगले पार्ने नकारात्मक असर, तथा ग्लोबल वार्मिङका कारण वातावरणमा पर्ने प्रभावबारे किशोरिहरुले समुदायलाई सचेत गराएको ट्याग गर्लस संयोजक रमा पोख्रेलले जानकारी दिइन् ।
    सहभागीहरुलाई जैविक र अजैविक फोहोर छुट्याउने तरिका, प्लास्टिकको पुनः प्रयोग तथा रिसाइकल गर्ने उपायबारे जानकारी गराउनुका साथै, कार्बन उत्सर्जन घटाउन सकिने उपायहरु, जस्तै वृक्षरोपण, प्लास्टिकको साटो वैकल्पिक सामग्रीको प्रयोग र दिगो वातावरणीय अभ्यासहरुमाथि समेत छलफल गरिएको उनले बताइन् ।

    कार्यक्रमका सहभागीहरुलाई वातावरणीय समस्याहरुबारे सचेत गराउँदै व्यवहारमा परिवर्तन ल्याउन प्रेरणा प्रदान गरिएको थियोे ।मोती सामुदायिक पुस्तकालयमा संचालन हुने हरेक कार्यक्रम समुदायको विकास, रुपान्तरण, सशक्तीकरण र जनसरोकारमा जोडिने गरेको पोख्रेलको भनाइ छ ।

    जथाभावी फालिने फोहोर र प्लाष्टिकले मानवीय स्वस्थ्य र वातावरणमा असर पुग्ने भएकाले फोहोर व्यवस्थापन र प्लाष्टिक प्रयोगमा निरुत्साहित गर्न नाटकको माध्यमबाट स्थानीयलाई सचेत गराइएको छ । उक्त कार्यक्रममा स्थानीयलाई इको ब्याग र डस्बिन वितरण गरिएको छ ।

    कार्यक्रममा जनप्रतिनिधि, टोल विकास समितिका संयोजक लगायत स्थानीयको सहभागिता रहेको थियोे ।कार्यक्रमको सहजिकरण ट्याग किशोरीहरु अनिशा चपाइ,रेजिना श्रेष्ठ ,युनिशा भुसाल ,आयुशा रम्तेल,एलिजा भुसाल लगायतले गरेका थिए ।जुनियर ट्याग किशोरी कृशा तिवारीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको संचालन जुनियर ट्याग किशोरी प्रसंशा शर्माले गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं