SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/४ गते
    ६८ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको अध्यक्षतामा वडा कमिटी चयन गरेकोे छ । अधिवेशन भएको करिव एक महिना पछि कमिटीले नेतृत्व पाएको हो । एक महिनासम्म भएको सर्वसम्मतको प्रयास असफल भएपछि सम्पन्न निर्वाचनवाट पदाधिकारी टुङ्गो लगाईएको हो ।

    अध्यक्षमा अर्का प्रत्यासी विकास गौतमलाई २३ मतको अन्तरले पराजित गर्दै बास्तोला निर्वाचित भए । बास्तोलाले १सय ५२ मत ल्याउँदा गौतमले १ सय २९ मत प्राप्त गरे । उपाध्यक्षमा दुर्गादेवी गौतम वस्नेतलाई हराउँदै, गीता भट्टराई भण्डारी विजयी भईन् । भण्डारीले १ सय ५२ मत र गौतमले ९४ मत मात्र प्राप्त गरिन् ।सचिवमा हरि वहादुर वरुवाललाई हराउँदै विकास कुमार आचार्य निर्वाचित भए । वरुवालले १ सय १७ मत र आचार्यले १सय ६२ मत प्राप्त गरे ।

    त्यस्तै दुई उपसचिवका लागि ३ जनाको उमेद्वारी परेकोमा नवराज केसी १ सय ८९ मत, राजकुमार गहतराज १सय ७१ मत ल्याई विजयी भए भने अर्का प्रत्यासी राज वहादुर भण्डारीले १ सय ४७ मत प्राप्त गरे । ५१ सदस्यीय कमिटी बनाउन सक्ने प्रावधान भए पनि ३१ सदस्यीय कमिटी वनाउने तयारी निर्वाचित समितिले गरेको छ ।सचिवमा निर्वाचित आचार्य, उपाध्यक्षमा पराजित गौतम र उपसचिवमा निर्वाचित केसी जनप्रतिनिधी पनि हुन् । ३ सय ८० मतदाता रहेकोमा २ सय ८४ मत मात्रै खसेको बताईएको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=mspfeQi2uJs-tN9j

    वडा कमिटीसम्मै गुटगत प्रवृति भित्रिएको भन्दै अधिंकाश कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । उनीहरुले केन्द्रमा देखिएको प्रवृति वडा र टोल कमिटीसम्म आउनुले पार्र्टी थप कमजोर बन्नेमा चिन्ता व्यक्त गरेका हुन् ।अधिवेशनको उद्घाटन गत पुस १३ गते एमाले नेता एवं पुर्व मन्त्री जगत विश्वकर्माले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं