SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/२३ गते
    १६२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती दिने भएका छन् । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा बहुचर्चित बनेको तिम्रो रासी तुला पर्यो गीतका गायक पंगेनीले आफ्नो प्रस्तुती राख्ने भएका हुन् ।

    बृद्ध देखि बालबालिका र युवा पुस्ताका वीचमा लोकप्रिय गायक पंगेनीले गाएका कन्या राशि, लाउ चेली सिन्दुर लाउ लगाएतका हजारौ गीतहरु चर्चित गीत छन । लोकगायक पंगेनी संगै जिवन दाहाल, लक्ष्मण श्री समेत आज आफ्नो प्रस्तुती राख्नेछन ।

    गण्डकी प्रदेश स्तरीय खेलाडीहरुको छनौट प्रयोजनका लागि आयोजना गरिएको खेलकुद महोत्सवको शुरुवाती दिन देखी नै विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती राख्दै आएका छन् । महोत्सवको नवौँदिन लोकगायक पंगेनीको प्रस्तुती रहने महोत्सव मुल आयोजक समितिका संयोजक हर्कमान गुरुङले जानकारी दिनुभयो ।

    जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको महोत्सवमा सांस्कृतिक कार्यक्रमसंगै विभिन्न जिल्ला स्तरीय पुरुष तथा खुल्ला महिला भलिबलछनोट खेल सञ्चालन भईरहेको छ । मंगलबार महोत्सवको रात्रीकालीन प्रहरमा प्रकास दुतराजले आफ्नो प्रस्तुती राखेका थिए ।हजारौ दर्शकले उनको गितमा मनोरन्जन लिएका थिए । महोत्सवमा सञ्चालन लोक दोहोरी गाएक कृष्ण अखेली,सुदिप क्षेत्री, अर्जुन थापाले गर्नु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘कर्मा’: मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको...

    नेविसंघमा कार्कीको उम्मेदवारी खारेज, जोशी समूह आधिकारिक:त्रिवि विश्वविद्यालय

    काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवारको मान्यता दीपकराज जोशी समूहले पाएको छ ।नेविसंघकोतर्फबाट...

    वक्तृत्वकला प्रतियोगितामा गोगन मा.वि.की सुजाता प्रथम

    पोखरा । विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति कास्कीको आयोजनामा सञ्चालित ।।।सनातन हिन्दु धर्म संस्कार...

    पोखरा २१ का वडाध्यक्ष सुवेदीमाथि रड प्रहार, गिरी विरुद्ध प्रहरीमा उजुरी

    पोखरा । पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्षमाथि रड प्रहार भएको छ । वडाध्यक्ष...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं