SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/९ गते
    ७१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस ६ गते सम्पन्न साधारणसभाले स्वीकृत गरेको २० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरेको छ। कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरी कात्तिक २० गतेसम्म कायम रहेका शेयरधनीलाई लाभांश प्रदान गरेको हो।

    लाभांश पुस ६ गतेदेखि सम्बन्धित शेयरधनीको बैंक खातामा पठाइएको छ। हालसम्म शेयर अभौतिकीकरण नगरेका र डिम्याट खाता अद्यावधिक नगरेका शेयरधनीलाई कम्पनीले तत्काल शेयर अभौतिकीकरण तथा खाता अद्यावधिक गर्न आग्रह गरेको छ।

    त्यस्तै धितोबन्धक राखी कर्जा लिएका शेयरधनीको हकमा कर्जा चुक्ता गरी फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश बैंक खातामा पठाइने कम्पनीले जानकारी दिएको छ।

    कम्पनीले सबै शेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गर्न समयमै कदम चाल्न अनुरोध गरेको छ, ताकि लाभांश प्राप्तिमा कुनै समस्या नआओस्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नारायण मा.वि.को ६५ औँ वार्षिकोत्सव सम्पन्न

    पर्वत। पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा ४० औँ...

    शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षाको गुणस्तर...

    अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

    काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन्...

    विकट क्षेत्रका दरवन्दीनै खाली हुने प्रचलनलाई तोड्ने स्वास्थ्य मन्त्री पाठकको दाबी

    पर्वत । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव आज सम्पन्न भएको छ । प्रदेश अस्पताल...

    पर्वतको मोदी गाउँपालिकामा श्रम अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

    पर्वत । जिल्लाको मोदी गाउँपालिकाका रहेका जलबिद्युत आयोजनाका श्रमिक तथा कर्मचारीहरुका लागि १ दिने अभिमुखीकरण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं