SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/७ गते
    ४२६ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु,  ।

    कपिलवस्तु जिल्लाको कृष्णनगरको मुस्लिम कमिटी हालमा जनता संग माओबादी विशेष रूपान्तरण अभियान अनतर्गत आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको पूर्ण बैठक बसेको छ।

    नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खांको अध्यक्षता, प्रमुख अतिथिमा पूर्व मंत्री तथा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला इन्चार्ज (स्थायी कमिटी सदस्य) महेश्वर गहतराज अथक, विशिष्ट अतिथिमा पुर्व मंत्री तथा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य वकिल मुसलमान, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका कोषाध्यक्ष निर्दोष अली, कपिलवस्तु जिल्ला संयोजक (विष्णु बेल्वासे) अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्रका जिल्ला समान्वय समिति सदस्य तोफेल अहमद खां रहेका थिए।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मंत्री महेश्वरले कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी, जनजाति, महिला, मधेसी, मुस्लिम, पछडिएका, लोपोन्मुख को हक अधिकार दिलाउनमा माओबादी केन्द्रको महत्वपूर्ण भूमिका रहेको तथा पार्टीका सदस्य तथा समर्थक हरूलाई देश विकास र जनताको हकहीतको आवाज उठाई आवश्यकता अनुसार सहयोग गर्न समेत निर्देशन दिए।

    कार्यक्रममा बोल्दै विशिष्ट अतिथि वकिल मुसलमानले कृष्णनगर क्षेत्र कपिलवस्तुको प्रमुख व्यापारिक नाका रहेकाले यसलाई सबै मिलेर विकासको अग्रपंतीमा लैजानुपर्ने बताए।

    स्वागत मनतव्य राख्दै उपाध्यक्ष मौलाना मशहूदले घरघरमा माओबादी केन्द्र पुगेर जनताको राय सुझाव सल्लाह अनुसार अगाडि बढ्ने तथा सम्मानीय पार्टीका अध्यक्ष तथा प्रधानमंत्री पुष्प कमल दहाल प्रचण्ड आएदेखि देश र जनताको अवस्था परिवर्तन हुदै गएको तथा भ्रष्टाचार नियन्त्रण हुदै गएको बताए।

    कार्यक्रममा नगर कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको थियो। नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी सचिव गणेश प्रसाद बन्जाडेले कार्यक्रम संचालन गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं