SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/४ गते
    ३५०८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले आज साँझ सर्वदलीय बैठक राखेका छन् । हिजो (आइतबार) राखेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष आएनन् । उनी बिसञ्चो भएर बैठकमा नआएको बताईएको छ ।

    तर, आज भने प्रधानमन्त्री दाहालले ओलीलाई फोन गरेर सञ्चो तथा बिसञ्चो सोधेका थिए । प्रधानमन्त्रीको सचिवालयले आजको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली आउने जानकारी दिएको छ ।

    ओलीलाई प्रधानमन्त्री प्रचण्डले फोन गरेर सुरुमा स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । जवाफमा ओलीले हिजोभन्दा आज स्वास्थ्य राम्रो भएको जानकारी दिएका थिए । त्यसपछि प्रधानमन्त्री दाहालले आजको बैठकमा आउने/नआउनेबारे सोधेको र जवाफमा ओलीले आउने भनेका छन् ।

    एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आएको छ । प्रधानमन्त्री दाहालले सदनको अवरोध हटाउनको लागि आँफै पहल गरेका छन् ।

    सरकारले भने एमाले भनेबमोजिम उच्चस्तरीय न्यायिक समिति नबनाउने अडान लिएको छ । सिआईबीले अनुसन्धान गरिराखेकोले अहिले नै अर्को छानबिन समिति बनाउँदा अनुसन्धान प्रभावित हुनसक्ने सरकारको बुझाई छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं