SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/२१ गते
    ७७७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पदाधिकारीको जिम्मेवारी परिवर्तन गरेको हो ।

    नयाँ जिम्मेवारी अनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनादर्न शर्मा तोकिएका छन् भने अर्का उपमहासचिव वर्षमान पुनले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् । त्यस्तै उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी एकता र समाजवादी मोर्चा,अग्निप्रसाद सापकोटाले प्रचार प्रसार विभाग प्रमुख र अर्की उपाध्यक्ष पम्फा भुसालले जनवर्गीय संगठन इन्चार्जको जिम्मेवारी पाएकी छन् ।

    यस्तै सचिव देवेन्द्र पौडेल मधेश प्रदेशका इन्चार्ज भएका छन्। भने सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल तोकिएका छन्।

    यसअघि कोशी प्रदेशमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं