SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/७/१३ गते
    ३८७ &#२३४६;&#२३३५;&#२३२५;

    बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शक्ति आर्जन गरे देश छाडेर भाग्ने अवस्था आउने बताएका छन् ।

    सत्तारुढ गठबन्धनले शुक्रबार बुटवलमा गरेको कार्यक्रममा उनले अ‍ेली नसुध्रिने ठोकुवासमेत गरे । उनले भने, ‘केपी ओलीले अलिकति शक्ति आर्जन गरे भने बहुमतको त कुरै छाड्नुस् त्यसपछि देश छाडेर भाग्नुपर्ने हुन्छ ।’

    एमाले माओवादी एकतापछि बनेको नेकपाकालको स्मरण गर्दै नेता नेपालले ओलीले आफ्नो र प्रचण्डको सुझाव नमानेको बताए । ‘सुझाव सल्लाह पचेन, न मैले भनेको पच्यो न प्रचण्डले भनेको पच्यो, घोच्यो मात्रै पचेन’, नेपालले भने, ‘बोल्यो कि पोल्यो, पोल्दो रहेछ, किनकि उहाँलाई भक्तिभाव चाहिन्छ ।’

    नेता नेपालले हालै एमाले छाडेका घनश्याम भूसालको उदाहरण दिँदै ओली नसुध्रिने टिप्पणी गरे । ‘कमरेड घनश्याम बोल्नुभएको भए क्या स्वाद आउने थियो, नयाँ अनुभवसहित’, नेपालले भने, ‘हामी त आजित भइसकेको, उहाँ त सुधार्नका लागि बस्नु भएको, सुध्रिन्छन् कि भनेर साबुनपानीले धुन खोजेको खोजै, धुन खोज्दाखोज्दै पार लागेन, लाग्दैन भन्ने मेरो निश्कर्ष थियो ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

    पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व...

    पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।...

    टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं