SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/७/११ गते
    ८१५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । त्यस त्रममा उसले नेदरल्याण्ड्सलाई ५६ रनले हराएको छ ।

    सिड्नीमा जितका लागि १८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो ।

    उसका लागि टिम प्रिङ्लेले २० रन बनाए । सहरिज अहमद १६ रनमा नट आउट रहे भने बास डी लिड्स र म्याक्स ओडोड समान १६ रनमै आउट भए

    भारतका लागि भुवनेश्वर कुमार, अर्शदीप सिंह, अक्षर पटेल र रविचन्द्रन आश्विनले समान २ विकेट लिए ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।

    भारतका ३ जना ब्याट्सम्यानले अर्धशतक पूरा गरेका थिए । ओपनर केएल राहुल व्यक्तिगत ९ रनमा आउट भए पनि अर्का ओपनर रोहित शर्माले ५३ रन बनाए । उनले ४ चौका र ३ छक्का हाने ।

    नेदरल्याण्ड्सविरुद्धको तेश्रो छक्कासँगै रोहित टी–२० विश्वकपमा सबैभन्दा धेरै छक्का हान्ने भारतीय खेलाडी बनेका छन् । उनले ३३ छक्का हानेका युवराज सिंहलाई उछिनेका हुन् ।

    नेदरल्याण्ड्सँगका खेलमा विराट कोहली ६२ र सूर्यकुमार यादव ५१ रनमा नट आउट रहे । कोहलीले ३ चौका र २ छक्का तथा यादवले ७ चौका र १ छक्का हानेका थिए । कोहलीले यसअघि पाकिस्तानलाई हराएको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    नेदरल्याण्ड्सका फ्रेड कलास्सेन र पउल भान मिकेरेनले १–१ विकेट लिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    कोरिया दश वर्ष बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

    स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

    पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व...

    पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं