SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/१९ गते
    ५५१ &#२३४६;&#२३३५;&#२३२५;

    भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएसँगै शनिबार बिहान काठमाडौंका पेट्रोलपम्पहरुमा लामो लाइन देखिएको छ।

    आगामी दिनमा पेट्रोल अभाव हुन सक्ने भन्दै मोटरसाइकल तथा साना सवारी चालकहरू पेट्रोल पम्पमा लाइन लाग्न थालेका हुन्।

    नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि थप अभाव भएको हो।

    अहिले नेपाली सेना, पुलिस र सशस्त्रको पम्पहरूमा सवारीको बाक्लो लाइन छ।

    इन्डियन आयल कर्पोरेसनले शुक्रबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य घटे पनि एलपी ग्यास, डिजेल, मट्टितेललगायतको मूल्य ह्वात्तै बढेको छ

    ग्यास मट्टितेलमा भएको मूल्यवृद्धिका कारण निगमको घाटा पनि चुलिएको छ। निगमद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो मूल्य सूची अनुसार एक महिनामै १० अर्ब रुपैयाँ घाटा हुने छ । निगमले आगामी दिनमा पेट्रोलियम आपूर्ति व्यवस्था सहज बनाइराख्न अत्यन्त कठिन हुने जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

    पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व...

    पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।...

    टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं