SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/१२ गते
    ५४२ &#२३४६;&#२३३५;&#२३२५;

    रबिप्रकाश कसाैधन कृष्णनगर, कपिलवस्तु, ।

    स्थानीय मानव बेचविखन नियन्त्रण समिति संगको दुई दिने बार्षिक समीक्षा योजना बैठक परामर्श कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।

    कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा मानव बेचविखनका कारणहरू, मानव बेचविखन बाट हुने असर, मानव बेचविखन नियन्त्रणका उपायहरू, मानव बेचविखन बिरूद्ध माइती नेपालले गरेका पहलहरु, उद्धार एवम् पुनरागमन प्रक्रिया, बालश्रम, कार्य स्थलमा हुन सक्ने यौन दुर्व्यवहार हरू, सेवा स्तरमा हुन सक्ने यौन शोषणका कुराहरु लगायत अन्य बिषयमा माइती नेपाल रूपन्देही तथा कपिलवस्तु जिल्लाकी कार्यक्रम संयोजक माया क्षेत्री ले प्रकाश पार्नुभयो ।

    कार्यक्रममा कृष्णनगर नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष हरूले आफ्नो वडामा मानव बेचविखन नियन्त्रणमा गरेका कार्यहरू र वडा स्तरमा बनाएका योजनाहरू बारे बताएका थिए ।

    कार्यक्रममा व्यवस्थापनको भुमिका माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले गर्नुभयो ।

    कार्यक्रम संचालन तथा नगरपालिकाले मानव बेचविखन नियन्त्रण सम्बनधि गरेको कार्यहरू प्रस्तुत समेत कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो ।

    कार्यक्रममा सम्पूर्ण वडाका वडाध्यक्ष हरू वडा सचिवहरू कर्मचारी, मानव बेचविखन नियन्त्रण नगर स्तरीय कमिटीका सदस्यहरू लगायत अन्यको उपस्थित थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कोरिया दश वर्ष बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

    स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

    पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व...

    पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।...

    टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं