SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/११ गते
    ३६३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप प्रचुर मात्रामा रहेपनि अहिले खोप लगाउने मान्छे नभएको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘अहिले कोरोना भाइरसले पनि हैरान गरेको छ देशलाई। अत्यन्त डरलाग्दो स्थिति छ। नयाँ–नयाँ भेरियन्ट आइरहेको छ, अर्को आउँदैछ भन्दैछन्, विज्ञहरू। मैले भनेकै हो, खोप खोप खोप भनें। खोप लगाउने मान्छे नै नभइरहेको जस्तो कुरा छ। अहिले जत्ति पनि खोप छ। तर खोप लगाउन मान्छे चाहँदैन। त्यसैले बुस्टर डोज भन्यौँ, त्यसपछि पनि कोरोना भयो मान्छेहरूलाई। हामी अब जसरी भए पनि ओमिक्रोन भाइरसबाट मुक्त हुनुपर्छ। यस्तो बेलामा स्वास्थ्यका मापदण्ड पालना गर्न गराउन प्रोत्साहन गर्नुपर्छ।’

    प्रधानमन्त्री देउवाले देश कोरोनाबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने सुझाव दिएका छन् । उनका अनुसार कोरोनाविरूद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकोले सबैले खोप लगाएर कोरोनाबाट सुरक्षित रहौँ ।

    मंगलबारको भेटमै प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी– व्यवसायीहरूलाई आग्रह पनि गरेका छन्। साथै, प्रधानमन्त्री देउवाको मल कारखाना स्थापना गर्नमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए।

    उनले भने, ‘कतिपय सरकारलाई प्रायोरेटिजहरू हुन्छन्, जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरेटीको कुरा भएन, पाइएकै छैन के गर्नु ? यहाँ त्यो उद्योग खोल्नुस्। यस्ता कति कुराहरूमा सहयोग गर्नुपर्ने उद्योग खोल्नुपर्ने कुरा छ। त्यसैले तपाईंहरूलाई त्यो सहयोग दिन हामी तयार छौं।’

    प्रधानमन्त्री देउवाले अफगानी नागरिकहरूलाई सहयोग गरेकोमा सबैलाई सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

    पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व...

    पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।...

    टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं