SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/१३ गते
    १०४६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लामा क्रियाशिल महिला पत्रकारहरुको सञ्जाल सञ्चारिका समुहको तेश्रो अधिवेशन सम्पन्न भएको छ । समुहले नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

    अधिवेशनले बिष्णु गौतमलाई निर्बिरोध अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा शान्ति शर्मा, सचिवमा संगिता के.सी , सहचिवमा मिना पराजुली कोषाध्यक्षमा कमला लामिछाने, सदस्यहरुमा दुर्गा शर्मा,सन्तोषाी क्षत्री,आशा शर्मा,मनिसा कार्कि,लक्ष्मी पुन चयन भएका छन् ।

    त्यस्तै समुहको संरक्षकमा निर्वतमान अध्यक्ष माया अधिकारी, पत्रकार महासंघ पर्वतका केन्द्रिय पार्सद रन्जना खत्री र पत्रकार महासंघ पर्वतका उपाध्यक्ष इन्दीरा तिवारी इन्दुलाई चयन गरिएको छ । भने, आमन्तृत सदस्यहरुमा मिना थापा, मुना लामिछाने,पबित्रा पौडेल,इन्दीरा तिवारी शर्मा ,उमा थापा र निशा थापा अधिबेशन मार्फत चयन भएका छन् ।

    अधिवेशनको उद्घाटनका क्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले महिला सञ्चारकर्मीहरुले क्रियाशिलतामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले संख्यात्मक रुपमा नभई व्यवहारिकता र कलमजिवीको मार्गमा महिला पत्रकारहरु अझै सक्रिय हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय पार्षसद रन्जना खत्री, नेपाल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष इन्दीरा तिवारीले शुभकामना ब्यक्त गर्नुभएको थियो । निवर्तमान अध्यक्ष माया अधिकारीको अध्यक्षतामा सम्पन्न सो अधिवेशनमा उपधाध्यक्ष बिष्णु गौतमले स्वागत मन्तवय राख्नुभएको थियो । कार्यक्रमको संचालन सचिव शान्ति सुवेदीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

    पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व...

    पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।...

    टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं