SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/११ गते
    ६०२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ, । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद फेरि पुनःस्थापना गर्न सफल भएकोमा त्यसका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन् । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संसद पुनःस्थापनापछिको पहिलो बैठकमा बोल्दै नेता नेपालले संसद पुनःस्थापनाका कारण सबैको भेट भएकोमा खुसी ब्यक्त गरे ।

    उनले भने, ‘हामी सबैलाई मर्नबाट जोगाइएको छ, संसद फेरि पुनर्जीवित भएका छौं । हामी सबैलाई बधाई छ, हामी एउटा सङ्घर्षबाट सफल भएर भेट भएका छौं । संसद पुनःस्थापना नभएको भए हामी कोरोना फैलाउँदै, आफू पनि संक्रमित हुँदै भोट माग्न गाउँ जानुपर्ने अवस्था हुन्थ्यो, त्यसको हामीले अन्त गरेका छौं । अब संसदलाई प्रभावकारी बनाएर लैजानुपर्नेछ।’

    नेता नेपालले नयाँ सरकार बनेको र यो सरकारले हिजोको सरकारका नराम्रा कुराबाट सिकेर अघि बढ्नुपर्नेमा जोड दिए । सरकारले पूर्णता पाइनसकेको बताउँदै उनले सरकार पूर्ण भइसकेपछि समितिले गरेका निर्णयहरू कार्यान्वयन भएको छ कि छैन त्यसबारे क्रियाशील हुनुपर्ने बताए ।

    उनले यसबारे संबन्धित मन्त्रीलाई भन्नुपर्ने, कर्मचारीतन्त्रलाई पनि सम्झाउनुपर्ने बताए । उनले आवश्यकता अनुसार नेपालको परराष्ट्र नीति परिवर्तन गर्नुपर्नेमा जोड दिए । साथै समितिको बैठकलाई प्रभावकारी बनाउन नियमित रूपमा बैठक सञ्चालन गर्न, विषय विज्ञसँग छलफल गर्न र बैठकमा नियमित रूपमा सहभागी हुन सांसदहरूलाई आग्रह पनि गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कोरिया दश वर्ष बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

    स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

    पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व...

    पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।...

    टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं