SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/१ गते
    ७५५ &#२३४६;&#२३३५;&#२३२५;

    दिपसागर पौडेल, पर्वत ।
    पर्बत कुश्मा नगरपालिका १० स्थित पिपलटारीमा आज अधिकारी बंश प्रतिष्ठानको अधिबेशन तथा वडा समिति गठन गरीएको छ ।

    उक्त प्रतिष्ठानको समितिको अध्यक्षमा कुलबहादुर अधिकारी लगायत सबै सर्ब सम्बत रुपमा चयन हुनु भएको छ जसमा , उपाध्यक्ष ; एकनारायण अधिकारी सचिव ; सन्जीब अधिकारी सह सचिव ; तुलसीराम अधिकारी काेषाध्यक्ष ; सुनीता अधिकारी सदस्य ; लोक प्रसाद अधिकारी सदस्य ; कुल प्रसाद अधिकारी
    सदस्य ; राम करण अधिकारी सदस्य ; तुलसी कुमारी शर्मा अधिकारी चयन हुनु भएको हो ।

    प्रतिष्ठानले जिल्लाका बिभिन्न पालिका र वडा अन्तरगत बसोबास गर्ने अधिकारी परिवारको खोजविन गरी लगत संकलन गर्ने, अर्थिकस्थीति कमजोर भएका, विपन्न र बिभिन्न किसिमका जोखिमा परेका अधिकारी परिवारलाई राहात, उद्दार र ब्यवस्थापनको लागि सहयोग गर्ने अधिकारी बंश प्रतिष्ठानका केन्द्रिय सल्लाहकार ख्याम नारायण अधिकारीले बताउनु भयो ।

    देशभर तथा विदेशमा रहेका अधिकारी परीवारलाई एकता गदै कौटिल्य गौत्रमा रहेका सबैलाई एकशुत्रमा बाधने, गोत्रीय परम्पराको रक्षा र आफ्नो कुलको सुधारका लागि क्रियाशिल भएर काम गर्ने अध्यक्ष कुलबहादुर अधिकारीले बताउनु भयो ।

    तत्कालको लागि विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाईरस र देश केही समय लकडाउनमा रहेको र अझै पुर्ण सहज अबस्था नभएकोले संस्थागत कामहरु हुन नसकेको अतिथि लोकनाथ अधिकारीले बताउनुभयो ।

    उक्त अधिबेशनबाट लीलावती अधिकारी , हरीकला अधिकारी , र बालकृष्ण अधिकारी तीन जना बृद्ध बृद्दा सम्मान समेत गरिएको थियोे कार्यक्रममा स्वागत सुनिल अधिकारी र संचालन सचीव सन्जिव अधिकारीले गर्नुभएको थियोे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ज्योतिषिका अनुसार यी ७ राशिका मानिसहरुको भाग्य चम्किदै

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ...

    बालेनको इन्जिनियरिङ दिमाग हेर्नुस, यस्तो चिटिक्क कलरफुल बन्यो तिनकुने र मिनभवनको बाटो, बिश्व चकित पार्ने काम

    काठमाडौ । काठमाडौंका मेयर बालेन शाहले काठमाडौंं उपत्यकामा रहेका अस्पतालहरूले मापदण्डअनुसार १० प्रतिशत निःशुल्क शैय्या...

    भारतमा प्रचण्डकाे चर्चै चर्चा, नेपालबाट समुद्रसम्म पानीजहाज सञ्चालनको बाटो खुल्यो

    काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित...

    चर्चित नायिका मनिषा कोइरालाले किन भनिन्, ‘याद आयो लेन्डुप दोर्जेको…’

    काठमाडौं, । बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले याद आयो लेन्डुप दोर्जेको भन्दै टि्‍वट गरेकी छिन्।...

    कस्ताे काईदा, २४ वर्ष मै ७ करोड २४ लाख कमाउने सरकारी अधिकृत

    काठमाडौं, । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं