SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/२० गते
    ११५६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । भारत र चीनको सिमाना लद्दाख क्षेत्रमा विगत एक महिना यता थुप्रै पटक झ’डप भएको छ । सो क्षेत्रमा भारत र चीन दुवै देशले सुरक्षाकर्मीको संख्या बढाएका छन् । भारतले चीनसँग सीमा विवाद बढ्दै जाँदा निरन्तर झ’डप भइरहेको लद्दाख क्षेत्रमा भारतले गोर्खा सैनिक परिचालन गरेको खुलेको छ । भारतले सिमा विवाद भएका स्थानमा यस अघि पनि गोर्खा सैनिकलाई प्रयोग गर्दै आएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    चीनसंग भएको सिमा विवाद होस् वा पाकिस्तानसंग भारतले गोर्खा सैनिकलाई नै पहिलो लाइनमा प्रयोग गर्ने गरेको छ । हालै सार्वजनिक भएको एक भिडियोमा लद्दाक क्षेत्रमा नेपाली आवाज सुन्न सकिन्छ । सामाजिक सञ्जालमा भाइरल भएको सो भिडियोमा भारतीय सेनाले चीनको एउटा गाडी नि’यन्त्रण’मा लिएका छन् ।

    एक जना चीनीया सेना पनि क’ब्जामा लिएको भिडियोमा देख्न सकिन्छ । सो भिडियोमा नेपाली आवाज सुनिन्छ । गोर्खा सैनिकका नेपालीले ‘गोद” ‘हान’ शब्द प्रयोग गरेका छन् । उनले नेपाली शब्द प्रयोग गरेर निनियाँ सैनिकलाई गा’ली गरिरहेको प्रष्ट सुन्न सकिन्छ ।

    तर भारतीय पक्षले भने सो भिडियोमा सत्यता नभएको प्रतिकृया दिएको छ । यता, भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहताले भने सो क्षेत्रमा गोर्खा सैनिक परिचालन गरिएको हुनसक्ने बताएका छन् । चीनको सीमामा आइपीबीपी (इन्डो–तिब्बत बोर्डर पुलिस) मात्र परिचालन गर्ने नीति नभएका कारण गोर्खा सैनिक हुन सक्ने उनको आँकलन हो ।

    भारतले ‘आवश्यक परेमा गोर्खा पल्टन लद्दाख र कस्मिरमा मात्र होइन, नागाल्यान्ड र पञ्जाबसहित अन्य कुनै पनि सीमामा परिचालन गर्ने गरेको छ । गोर्खा सैनिक भारतको मुख्य ल’डाकु दस्ता भएकाले सिमाना रक्षाका लागि सो टोली परिचालन गर्ने गरेको छ ।

    गएको २६ दिनदेखि लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच त’नाव चलिरहेको छ। दुई सेनाबीच अनेकौँ पटक झ’डप भएका छन्। झ’डपका क्रममा चिनियाँ सेनाले कयौँ भारतीय सैनिकलाई नि’यन्त्रण’मा लिएको तस्बिर पनि भाइरल बनेको छ।

    छिमेकी चीन र पाकिस्तानसँग हुने गरेका सैन्य तुनावका बेला भारतले गोर्खा पल्टनलाई ‘फ्रन्ट लाइन’मा परिचालन गर्ने गरेको छ। सन् १९६२ मा गोर्खाली पल्टनले भारतको पक्षबाट चीनसँग यु’द्ध लुडेको थियो। भुटान र चीनको सीमानजिकै दोक्लममा सन् २०१७ मा चिनियाँ र भारतीय सेना ७३ दिनसम्म आमनेसामने हुँदा पनि भारतले गोर्खा पल्टन परिचालन गरेको थियो।

    भारतले ५ अगस्ट २०१९ मा जम्मु–कस्मिर र लद्दाखलाई छुट्टाएर नयाँ नक्सा जारी गरेको थियो। सो नक्सामा भारतले आफ्नो भूमिलाई समावेश गरेको भन्दै चीनले विरोध गर्दै आइरहेको छ।

    https://www.facebook.com/watch/?v=186440812618581

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं