SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/२८ गते
    १३६५ &#२३४६;&#२३३५;&#२३२५;

    पूर्व स्वास्थ्य मन्त्री गगन थापाले टेस्टेड भैसकेको नेताहरुले अब राजनीतिबाट सन्यास लिएर युवालाई देश चलाउन दिनपर्छ भनेका छन् । शुत्र टिभीको शुत्र बहसमा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले एकाएक अध्यादेश ल्याएर अरुको पार्टी फुटाउनेसम्मको तयारी गर्दा आफ्नै पार्टी फुट्नेसम्मको स्थितिमा पुगेको समेत उनले बताए। ‘एकाएक के सोच्नु भयो एकातिर अध्यादेश ल्याउनु भयो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    अर्कोतिर अरुको पार्टी फुटाउन भाडाका मान्छे प्रयोग गरेर सांसद उठाउने काम गर्न थाल्नु भयो।’ उनले अगाडि भने, ‘त्यसको प्रभावले उहाँको पार्टी फुट्नेसम्मको अवस्थामा पुग्यो। सांसदहरुले नै पक्ष र विपक्षमा हस्ताक्षर गर्न थाले। यो कसैले निम्त्याएको हो ? कुरो प्रष्टै छ। योभन्दा प्रष्ट कुरो के छ?

    केही दिनपहिले प्रतिपक्षी दलसहित आम नेपालीले सरकारलाई साथ दिएको स्मरण गर्दै योभन्दा अनुकल अवस्था कहिल्यै नभएको उनले बताए। ‘अध्यादेश नल्याउन्जेल सबैले के भनिरहेको थिए भने तपाई हाम्रो अभिभावक हो। हाम्रोसेनापति हो। यो लडाई तपाइले हार्नुभयो भने हामी पनि हार्छौं।

    सर्वश्व गुमाउँछौं। सबैले भनिरहेको कुरा यहि त थियो। योभन्दा अनुकुलको अवस्था ओलीले खोज्नु भएको चाहि के हो? ‘सरकारले एउटा कोष बनायो। सबैभन्दापहिले कांग्रेसले ५० लाख बोकेर गयो। यो कांग्रेससँग पैसा धेरै भएर पनि होइन र सरकारसँग कम भएर पनि होइन। सन्देश के दिन खोजिएको हो भने प्रतिपक्ष सरकारसँगै छ।

    महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताका विषयमा समेत प्रक्रियागत छानबिन हुने भन्दै आफूहरु चुप बसेको उनले स्मरण गरे। ‘यत्रो ठूलो अनियमितता हुँदा पनि महामारीको बेलामा हामीले खासै बोलेनौं। विषयान्तर गर्नु हुँदैन भन्यौं।’ उनले भने, ‘ हाम्रा यत्रा मान्छे बाहिर छन्।

    नेपाल छिर्न पाउने उनीहरुको हक हो। उहाँहरुका लागि तपाइले सिमानाबन्द गर्न पाउदैन। तिनलाई कसरी ल्याउने? ल्याएर कहाँ राख्ने ? यो विषयमा त बहसै हुन छोड्यो। सारा देशलाई प्रधानमन्त्रीले अर्कोतिर लग्नुभयो।यो आचरण र क्षमता भएको नेतृत्वले हामीलाई महासंकटबाट पार लाउँला ?’ उनले प्रश्न गरे।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं