SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/२१ गते
    १५७७ &#२३४६;&#२३३५;&#२३२५;

    स्याङ्जा : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस Covid-19 को कारणले जनजीवन प्रभावित छ । यस समयमा सुरक्षित रुपमा हात धुनुको महत्त्व अत्यधिक छ । यसै कुरालाई मध्यनजर गर्दै प्रोगे्रसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) जिल्ला कमिटी स्याङ्जा र नेपाल इन्जिनियर्स एसोसिएसन (नेईय) गण्डकी प्रदेशद्वारा जिल्ला अस्पताल स्याङ्जालाई खुट्टाद्वारा चल्ने हात धुने प्रणाली (फुट अपरेटेड ह्याण्ड वास सिस्टम)हस्तान्तरण गरिएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    हातले पटकपटक पानीको धारा र ह्याण्ड वास छुदा ब्याक्टेरिया सर्न सक्ने हुनाले हातले छुनै नपरी खुट्टाले चलाउने प्रणाली बनाईएको पिन स्याङ्जाका अध्यक्ष ई. टिकाराम रेग्मीले जानकारी दिनुभयो । ई. सन्तोष थापा र ई. रामचन्द्र गिरीले प्रणालीबारे जानकारी गराउनुभयो । उक्त कार्यक्रममा जिल्ला समन्वय महासंघ नेपालकी अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख सीता कुमारी सुन्दास प्रमुख अतिथि रहनुभएको थियो ।

    कार्यक्रममा अगाडी बोल्दै उहाँले प्राविधिक जनशक्तिले सामान्य कुरामा पनि विशेष आखाले हेर्न सक्ने र फरक तरिका अपनाउन सक्ने क्षमता भएको बताउनुभयो । विशेष अतिथिका रुपमा पुतलीबजार नगर प्रमुख सिमा क्षेत्री ज्युले इन्जिनियरहरुको यो कामले आफू उत्साहित भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    जिल्ला अस्पताल स्याङ्जाका मेडिकल सुपरिटेन्डेट डा.सुशील मरासिनीले पिनको सहयोगलाई अत्यन्तै उत्साहसहित ग्रहण गरेको र यसलाई थप परिस्कृत गर्न आफुले भुमिका खेल्ने बताउनुभयो। कार्यक्रममा जिल्ला अस्पताल स्याङ्जाका अध्यक्ष लोकराज शर्माले अध्यक्षता ग्रहण गर्नुभएको थियो । पिन स्याङ्जाका अध्यक्ष ई.टीकाराम रेग्मीले सन्चालन गरेको कार्यक्रममा सचिव ई. टेक खड्काले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं