SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२९ गते
    १७३३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । हिजो राती करिव नै बजे सामाजिक संञ्जाल फेसबुकमा नेकपा बाग्लुङ्गका नेता कृष्ण पाठकले एउटा स्टाटस आफ्नो तस्बिर राखेर पोष्ट गरे । पोष्ट गरिएको सामाग्री थियो पर्वतका प्रहरी प्रमुख डिएसपी श्याम अर्यालले फोनमा धम्की दिएको बिषय । त्यो स्टाटस आज बिहानसम्म आउँदा सामाजीक संञ्जालमा निकै चर्चाको बिषय बन्यो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कृष्ण पाठकको कुरालाई प्राथमिकता दिँदै केहि अनलाईन समाचार पोर्टलहरुले पर्वतका डिएसपिले धम्काए भन्दै समाचार पनि बनाए । हामीलाई पनि यस बिषयमा के हो भनेर लेखिदिन आग्रह भयो । हामीले कालिगण्डकी दोहनको बिषय लामो समय देखि कलम चलाउँदै आएका थियौं यस बिषयलाई बुझेर पाठक तथा श्रोताहरुको अगाडी ल्याउने संकल्प गर्यौ ।

    त्यसपछि हामीले भएको यर्थाथ घटना केहो भनि धम्काइएको भनिएका नेकपामा नेता कृष्ण पाठकसँग कुराकानी गर्यौ उहाँले आफुलाई धम्काईएको मात्रै भन्नु भएन कालीगण्डकी दोहनमा पर्वतका जनप्रतिनिधी देखि सरकारी निकाय सबैको मिलेमोतो रहेको समेत बताउनु भयो । आफुलाई राती पर्वतका डिएसपी श्यामु अर्यालले फोन गरेर तलाई पर्वतको बिषयमा के चासो ? भन्दै धम्काएको पनि बताउँनु भयो ।

    हेर्दा सामान्य लागेपनि यो बिषय सामान्य भने पक्कै थिएन । जिल्लाका प्रहरी प्रमुखले धम्काएको भनेर नेकपाका नेताले लेखिसकेपछि यसबारे हामीले बुझ्ने कोसिस गर्यौं । पर्वतका डिएसपि अर्यालसँग पनि कुराकानी गर्यौं उहाँले भनेको सुनेपछि भने घटना किन यस्तो भएछ अचम्ममा परियो । डिएसपि श्याम अर्यालका अनुसार आफुले कुनै प्रकारको धम्की नदिएको बताउनु भयो ।

    उहाँका अनुसार पाठकले गरेको फोन उठाउन नपाएको कारण फोन फर्काएको र जिल्लाबाट प्रहरीको टोली पठाउँदा कालिगण्डकी दोहोन भएको नदेखेपछि कहाँ नेर हो दोहोन भएको भनेर सोधेको मात्रै बताउनु भएको छ । अर्यालका अनुसार कृष्ण पाठक ज्युलाई फोनमा मैले धम्की दिएको कुरा पुष्टी गर्न चुनौती पनि दिनु भएको छ । आखिर भएको के हो । कसरी भयो र अर्थाथ के हो यसै बिषयमा गरिएको कुराकारी यस्तो छ । सुन्नुहोस् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं