SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२१ गते
    ३१५२ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो आर्थिक वर्षमा देशभरका २ सय ३६ स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पतालमा स्तरोन्नती गर्ने भएको छ। मन्त्रालयले स्तरोन्नती गर्ने स्वास्थ्य संस्थाको नाम सार्वजनिक गरेको छ। जस अन्तर्गत लमजुङ जिल्लामा वेशिसहर नगरपालिका वाहेक अन्य सात ओटा पालिकामा प्रत्येकमा एक‑एक गरि सातओटा यो वर्ष १५ शय्याको अस्पताल निर्माण हुनेछ। लमजुङको सदरमुकाम वेशिसहरमा ६५ शैयाको लमजुङ सामुदायिक अस्पताल भएकाले अन्य पालिकालाइ प्राथमिकता दिइएको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मन्त्रालयले स्तरोन्नती गर्ने स्वास्थ्य संस्थाको नाम अन्तर्गत दुधपोखरी गाउँपालिकामा गत आर्थिक वर्षमै गौँडा प्राथामिक स्वास्थ्य केन्द्र परेको र अन्य वाँकी मर्स्याङ्दी गाउँपालिकामा भुलभुले प्राथामिक स्वास्थ्य चौकी, दोर्दी गाउँपालिकामा नौथर शेरा प्राथामिक स्वास्थ्य केन्द्र, क्होलासोत्थर गाउँपालिकामा साल्मेभन्ज्याँङ्ग प्राथामिक स्वास्थ्य केन्द्र, सुन्दरबजार नगरपालिकामा चन्द्रेश्वर प्राथामिक स्वास्थ्य केन्द्र, मध्यनेपाल नगरपालिकामा सुर्यपाल स्वास्थ्य चौकी र राईनास नगरपालिका अन्तर्गत धमिलिकुवा प्राथामिक स्वास्थ्य केन्द्र आएतापनि सर्वसम्मत रुपमा दुइमध्ये धमिलिकुवा वा चक्रतिर्थ प्राथामिक स्वास्थ्य केन्द्र एकलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति एवं निर्माण गरिनेछ।

    यस सम्वन्धमा स्वास्थ्य मन्त्रालयसंग तथा नेकपा मुख्य सचेतकको प्रमुख स्वकिय सचिव कमल खड्काको अनुसार र राईनास नगर कार्यपालिकाको २०७४ साल आषाढ १४ गते वसेको वैठकले सर्वसम्मत रुपमा १५ शैयाको अस्पताल निर्माणार्थ राईनास नगरपालिका ४, अल्काटार स्थित निर्णय गरेको र हालको लिस्टमा धमिलिकुवा स्वास्थ्य केन्द्र आएकाले दुवै पक्षसंग आपसी सल्लाह र समभ्दारीमा दुइमध्ये एक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति एवं निर्माण गरिनेछ साथै अन्य सम्पुर्ण पालिकाहरुवाट कार्यपालिकाको वैठकले पारित सर्वसम्मत निर्णय तथा आवश्यक न्युनतम नौँ रोपनी जग्गाको सुनिश्चितताको पुर्जा सहित आ.व. २०७५ /०७६ मा प्रतिनिधि सभा सांसद एबं नेकपा मुख्य सचेतक देव गुरुङ्गको निजी सचिवालयवाट योजना बुझाईएको स्वकिय सचिव खड्का वताँउछन।

    वेशिसहर नगरपालिकाको सन्दर्भमा मेयरको भनाइ अनुसार, वजारमा ६५ शैयाको सुविधा सम्पन्न अस्पताल भएकाले आगामि आर्थिक वर्षमा जग्गाको सुनिश्चितता तथा कार्यपालिकाको वैठकले पारित सर्वसम्मत निर्णय सहित सदरमुकाम बेशिसहर वजार वाहेक पलिकाको अन्य केहि दुर्गम क्षेत्रमा प्रथमिकता दिदा राम्रो हुने वताउँछन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं