SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२ गते
    १२५६ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । आजकै दिन दुई बर्षा अघि डु एन्ड डई मेचमा करण केसीले अबिस्वास्निय पारी खेलेर नामिबियामा क्यानडाविरुद्ध नेपालको अबिस्वास्निय जित निकालेका थिए । जुन इनिङ नेपाली क्रीकेट इतिहासमा झझल्की रहन्छ।सन् २०१८ को फेब्रअरीमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडाविरुद्धको उक्त खेल हारेको भए नेपाल बिश्व कप छनौट खेल खेल्न अवसर गुमाउने थियो । त्यो जितले नेपालको एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पाउने ढोका खुलेको थियो । त्यो जितले नेपाल क्रीकेटको स्थर माथि पुर्याउन मादत गर्‍यो । नेपाल आफू भन्दा बलियो राष्ट्रसंग खेल्ने अवसर पायो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सो खेलमा क्यानडाले १ सय ९५ रनको लक्ष्य नेपाललाई दियो, नेपाली ब्याटिङ न चल्दा १ सय ४४ रनमा नेपालले नौजना खेलाडी गुमाएको थियो । नेपाल जितबाट निकै टाढा हुनुको साथै हर निश्चित भइ सकेको थियो । ।नेपाल क्रीकेट टिमलाई चमत्कार आवश्यक थियो । नेपालले जित्न ४८ बलमा ५१ रन बनाउनु पर्दथ्यो र एकजना मात्र खेलाडी बाँकी थिए।

    जित असम्भव प्रायः बनेको त्यो खराब परिस्थितिमा मैदानमा प्रवेश गरेका करणले अदभूत पारी खेले ३१ बलमा ४२ रन बनाएर नेपाललाई जिताए, जुन विश्व क्रिकेटमै कमै मात्र चकित पार्ने विजयमध्येको एकमा पर्छ ।सन्दीप लामिछानेसँग मिलेर उनले दशौँ विकेटमा आवश्यक ५१ रन जोडेर त्यो चमत्कार गरेका हुन्। अन्तिम ओभरसम्म क्रिजमा डटेका उनले त्यो बेला ४ छक्का र ३ चौका प्रहार गरेका हुन्।

    जितपछि नेपालले बिश्वकप छनौट खेल्ने अवसर पायो । छ्नौट खेलम राम्रो प्रदर्सन गर्दै एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पायो । फेब्रुअरी १४ तारिख अर्थात् प्रेम दिवसको दिन त्यो जित दिलाएकाले करण केसिको उपनाम भ्यालेन्टाइन्स ब्वाई बन्न पुगेको थिए । नेपाल क्रीकेट इतिहासमा केसिको यो पारि सधै रहिरहने छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं