SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२ गते
    ३२०२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रपतिले संविधान सुधारको प्रस्ताव राखेपछि प्रधामन्त्रीसहित उनको मन्त्रिपरिषदका सबै मन्त्रीहरुले राजीनामा दिएका छन्। राष्ट्रपति भ्लादिमीर पुटिनले संविधान सुधारको प्रस्ताव राखेपछि प्रधानमन्त्री दिमित्रीको क्याविनेटले पुटिनलाई सहयोग गर्न राजीनामा दिएको बताइएको छ। पुटिनले प्रधानमन्त्री पदबाट राजिनामा दिएका दिमित्रिसहित सबै सदस्यलाई धन्यबाद दिएका छन्। राष्ट्रपतिको रुपमा पुटिनको कार्यकाल सन २०२४ मा सकिँदैछ। उनले स्टेट काउन्सिलको शक्ति बढाउने प्रस्ताव पनि पेश गरेका छन् जसको अध्यक्षता उनी स्वयंले गर्ने गर्छन्। प्रधानमन्त्रीबाट राजीनामा दिएका दिमित्रीलाई पुटिनले राष्ट्रिय सुरक्षा परिषद्को उपप्रमुखमा नियुक्त गरेका छन्।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    त्यस्तै इरानसँग तनाव बढिरहेका बेला अमेरिकाले चीनसँग नयाँ सम्झौता गरेको छ । २ देशबीच व्यापार युद्ध कम गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । वाशिंगटनमा प्रतिष्ठित व्यापारीहरुको सहभागीतामा दुवै देशका अधिकारीहरुबीच व्यापार युद्ध कम गर्ने सम्झौता भएको हो । अमेरिका र चीनबीच लामो समयदेखि चलेको व्यापार युद्धले विश्वभरको अर्थव्यवस्थामै नकारात्मक असर परेको थियो । सम्झौतामा हस्ताक्षरपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग अझै बलियो सम्बन्ध सुरु हुने बताए । उनले भने, ‘हामी दुवै मिलेर विगतका गल्ती सच्याउँदै छौं । हामी मिलेर आर्थिक न्याय र सुरक्षित भविष्य तयार गर्दै छौं । सम्झौता आफ्नो ठाउँमा छ, त्योभन्दा ज्यादा यो विश्वमा शान्ति ल्याउने कोसिस हो ।’

    यस्तै चीनका नेताहरुले यस सम्झौतालाई हरेक प्रकारले फाइदाको सम्झौता भन्दै यो सम्झौताबाट दुवै देशबीच सम्बन्ध सुधार हुने बताए । सम्झौताअनुसार चीनले आफ्नो अमेरिकी आयातलाई २ सय मिलियन डलरसम्म बढाउने प्रतिबद्धता जनाएको छ । यस्तै अमेरिकाले केही चिनियाँ उत्पादनमा लगाइएको अतिरिक्त शुल्क ५० प्रतिशतसम्म घटाउन तयार भएको छ । अमेरिकाले चीनलाई बौद्धिक चोरीको आरोप लगाएपछि अमेरिकाले कतिपय चिनियाँ उत्पादनमा आयात निषेध गरेको थियो । आयात हुने चिनियाँ वस्तुमा पनि भारी मात्रामा अतिरिक्त शुल्क लगाएको थियो । त्यसको बदलामा चीनले पनि अमेरिकी उत्पादनमा सोही प्रकारको निर्णय गरेको थियो । सन् २०१८ देखि अमेरिका र चीन ‘जस्तालाई त्यस्तै’ रणनीतिमार्फत् व्यापार युद्धमा लागेपछि विश्वभर नै लगानीमा असर परेको थियो ।

    तर अमेरिकाले मुद्राको मूल्य चलखेलमा भूमिका खेलेको भन्दै चीनमाथि लगाएको आरोप फिर्ता लिएको छ । अमेरिकाको अर्थ मन्त्रालयले चीनलाई ‘मुद्राको मूल्यमा चलखेल गर्न भूमिका खेल्ने राष्ट्र’ भनी लगाएको आरोप फिर्ता लिएको बीबीसीले जनाएको छ। अमेरिकाले सो निर्णयको पछाडि आफ्नो उत्पादन सस्तो देखाउन आफ्नो मुद्राको अवमूल्यन नगर्ने चीनको प्रतिबद्धता रहेको बताइएको छ। चीन र अमेरिकाबीच व्यापारिक तनाव कम गर्नका लागि एउटा प्रारम्भिक सम्झौता हुनुभन्दा दुई दिन अघि अमेरिकाले त्यस्तो घोषणा गरेको हो। गत अगस्टमा अमेरिकाले चीनलाई सो आरोप लगाएको थियो। यो आरोपपछि सेयर बजार ओरालो लागेको थियो। यो हप्ता हुने व्यावसायिक सम्झौताका कारण अमेरिकाको सेयर बजार उच्च विन्दुमा पुगेको छ।

    यस्तै रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदभेदेवले राजीनामा दिएका छन् । सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको छ । प्रधानमन्त्री मेदभेदेवले राष्ट्रपतिको कदमलाई सहयोग पुगोस् भनेर आफूले राजीनामा दिएको बताएका छन् । प्रधानमन्त्री मेदभेदेवले भनेका छन्, ‘वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजिनामा दिएको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।’

    टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदभेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री मेदभेदेवका अनुसार कानून सुधारका आगामी सबै निर्णय अब राष्ट्रपति पुटिनले लिनेछन् । राष्ट्रपति भ्लादिमीर पुटिनले नयाँ सरकार नबनाएसम्म सरकार प्रमुखको रूपमा काम गरिरहन मेदभेदेवलाई आग्रह गरेका छन् । ‘मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपाईँलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हाँसिल गरेका नतिजाहरूप्रति आभारी छु,’ पुटिनले भनेका छन् । पुटिनले सुरक्षा परिषद्को उपप्रमुखको पद पनि प्रस्ताव गर्दै त्यसका लागि नेतृत्व लिन मेदभेदेवलाई सुझाव दिएका छन् । एक हप्ता पहिले पुटिनले संसदको भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत संग्रहको प्रस्ताव गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं