SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२० गते
    ४०४ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता” भन्ने मुल नाराका साथ शुरु गरिएको तेस्रो ऐतिहासिक राष्ट्रिय मगर महोत्सवमा हिजो भएको खुल्ला महिला भलिवल प्रतियोगिताको पहिलो सेमिफाइनल पुन क्लब र पुन ट्रेनिंग सेन्टर बीच भएको थियो । बेस्ट अफ फाईपमा भएको खेलमा पुन ट्रेनिंग सेन्टरले पुन क्लबलाई सोझो ३-० को सेटमा हराउदै फाईनलमा आफ्नो स्थान सुरक्षित गर्यो । पहिलो सेट पुन ट्रेनिंग सेन्टरले २५-१२ दोश्रो सेट २५-१० र अन्तिम सेट २५-१४ ले जितेको थियो।

    त्यस्तै दोस्रो सेमिफाइनल कुश्मा,पर्बत र पुन क्लब (सेतो) बिच भएको थियो भने खेल निकै प्रतिस्पर्धात्मक र रोचक भएको थियो । उक्त खेलामा कुश्मा,पर्बतले पुन क्लबलाई ३-१ को सेटमा हराउदै पुन ट्रेनिंग सेन्टर संगको फाईनल भेट पक्का गरेको थियो । कुश्मा,पर्बतले पुन क्लबलाई पहिलो सेट २५-२३ र दोश्रो सेट २५-१७ ले जित निकाल्दा तेस्रो सेट भने पुन क्लब (सेतो)ले १९-२५ ले जित निकाल्दै खेलमा फर्किने संकेत गरेको थियो तर चौथो सेटको रोमान्चक खेलमा २५-२३ ले जित हासिल गर्दै कुश्मा,पर्बत फाईनलमा पुग्यो । फाईनल खेल आज हुने जानकारी खेल संयोजक होम पुनले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं