SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/७/२८ गते
    ४४३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनायो ।

    युएईका लागि रोहन मुस्ताफाले अर्धशतक प्रहार गरे । मुस्ताफाले ७३ बल खेल्दै ७ चौका प्रहार गरी सर्वाधिक ५३ रन बनाए । ओपनर मुहमम्द वासिमले ४४ र वृत्य अरभिन्दले ४० रन बनाए । अलिशान शारफुले २९ र बसिल हमिदले १४ रन जोडे । आयान अफजल खानले २६ रन बनाए । वासिम र अरभिन्दले पहिलो विकेटका लागि ७५ रनको साजेदारी गर्दै युएईलाई राम्रो सुरुवात दिलाएका थिए । तर गुल्शन झाले १५औं ओभरमा वासिमलाई बोल्ड गर्दै उक्त साझेदारी तोडे ।

    वासिमले ४१ बल खेल्दै ६ चौका १ छक्का मदतमा ४४ रन बनाए । सोही ओभरमा गुलशनले युएईका कप्तान सिपी रिजवानलाई कुशल भुर्तेलबाट आउट गराए । रिजवानले २ रन जोडे । दुई विकेट एकै ओभरमा गुमेपछि अर्का ओपनर भृत्य अरविन्दले रोहन मुस्ताफा मिलेर इनिङ्स अघि बढाए । अरभिन्द र मुस्ताफाले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे । नेपालका दीपेन्द्र सिंह ऐरीले २६.५ ओभरमा भृत्यलाई एलबीडब्लु आउट गर्दै साझेदारी तोडे । भृत्यले ८२ बल खेल्दै ६ चौका मद्दतमा ४० रन बनाए ।

    मुस्ताफाले चौथो विकेटका लागि अलिशा शारफुसँग ५३ रनको साझेदारी गरे । शारफुले २९ रन बनाए । आयान अफजल खानले २६ रन बनाए । उनी अन्तिम ओभरमा रनआउट भए । अहमेद राजाले १६ बलमा अविजित २७ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे । नेपालका लागि गुलशन झाले २ विकेट लिए । उनले ६ ओभर बलिङ गर्दा २६ रन खर्चिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । युएईका तीन खेलाडी रनआउट भए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं