SuchanaKendra

  • Radio Kushum


  • दोश्रो राष्ट्रिय मगर महोत्सव खुल्ला पुरुष भलिबल प्रतियोगिता आज बाट शुरु

    उद्घाटन खेल जिल्ला भलिबल संघ, पर्बत र मुनाल  युवा क्लब,गंगटे भिड्ने

    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/१८ गते
    ७५४ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत कुश्मा  एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७ बिगतको वर्षहरुमा जस्तै यसवर्ष पनि पुन युवा क्लबले ३९ औ मगर दिबसको उपलक्ष्यमा १५ गते बाट शुरु गरेको छ । कुश्मा बजारको बढागाँउ चौरमा भएको दोस्रो मगर महोत्सवको उद्घाटन प्रतिनिधी सभाका साँसद पदम गिरीले गर्नु भएको थियो । यहि फागुन १५ गते बाट २५ गते सम्म चल्ने महोत्सवको आकर्षणको रुपमा रहेको  खुल्ला पुरुष भलिबल प्रतियोगिता आज बाट शुरु हुने कुरा भलिबल संयोजक शेरबहादुर चोचाङ्गी ले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो। पहिलो उद्घाटन खेल बिहान ८ बजे जिल्ला भलिबल संघ, पर्बत र मुनाल  युवा क्लब,गंगटे बिच हुने छ भने दोश्रो खेल पक्कुवा ११ र विनामारे भिड्ने कुराको। जानकारी हामीलाई खेल ब्यबस्थापक समिर जोशी ले जानकारी गराउनु भयो ।

    पहिलो खेल लिग चरण मा खेलईने छ भने  प्रथम हुनेलाई सर्बाधिक पुरस्कार १,५१०००/ (एकलाख एकाउन्न हजार, सिल्ड मेडल र प्रमाणपत्र) राशी रहेको रहेको  खुल्ला पुरुष भलिबल प्रतियोगिता को दोश्रो १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय नगद ४०,०००/ (चालिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई २०,०००/ (बिसहजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ। खुल्ला पुरुस भलिवलमा १० देखि १२ टोलि आउने अनुमान गरिएको भलिबल संयोजक शेरबहादुर चोचाङ्गी ले जानकारी गराउनु भयो । कार्यक्रम स्थलमा सुरक्षाका लागि ८ वटा सिसि क्यामेरा जडान गरिएको र कोभिडका कारण मास्क सेनिटाइजर अनिवार्य गरिएको छ । महोत्सव स्थलमा ड्रममा पानी र साबुनको व्यवस्था पनि छ यस्तै बाल उद्यान, रमाईलो खेल सहित अन्य रोचक कार्यक्रम राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती महोत्सवका आकर्षण रहेको आयोजक पुन यूवा क्लवका  अध्यक्ष कृष्ण पुनले बताउनु भयो।

     

     

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं