SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/२१ गते
    १०४४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको उद्घाटनका लागि पर्वत आउन लागेका प्रधानमन्त्री केपी ओलीका बिरुद्ध पर्वतमा कालो झण्डा देखाउने, बेलुन उडाउने र सभा भित्रै नाराजुलुस गर्नेसम्मको तयारी शुरु भएको बताइएको छ ।

    नाम उल्लेख नगर्ने सर्तमा एकजना नेकपाका नेताले भने हामीले ओलीको राजनैतिक रुपमा र भौतिक रुपमा पनि बिरोध गर्ने तयारी गरेका छौं । कस्तो खालको बिरोध भन्ने हाम्रो प्रश्नमा उनले भने कालो झण्डा देखाउने, बेलुन उडाउने र सभा भित्रै नाराजुलुस गर्नेसम्म सबै हुन सक्छन् भनेका छन् ।

    प्रतिनिधी सभालाई बिघटन गरेर हावादारी कुरा गर्दै जनताको चाहानालाई कुठाराघात गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्वत, कुश्मा नगर तथा ओलीको कार्यशैली र प्रतिनिधि सभा बिघटनमा सडकमा निस्कीएको नेपाली कांग्रेस लगायतले बिरोध गर्ने कार्यक्रम तयार गरेका हुन ।

    ओली भोली २२ गते कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सवस्टेसनको उदघाटनका लागि प्रधानमन्त्री ओली पर्वत आउन लागेको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं