SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२६ गते
    ८२४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । सरकारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिस्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ । भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव समूहका नेता कार्यकर्तासमेत सीमा अतिक्रमणविरुद्ध सडक प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका सो समूहका नेता कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउसमेत गर्न थालेको छ ।

    आइतबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागी विद्यार्थीसहित नेता कार्यकता गरी प्रहरीले २० जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जना भने गत जेठमा भएको बसुन्धारा विस्फोट प्रकरणका फरार प्रतिवादी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार अछामको पञ्चदेवल गाउँपालिका–२ का छत्र कार्की बसुन्धारा विस्फोट प्रकरणका फरार प्रतिवादी हुन् ।

    १३ जेठमा आह्वान गरिएको नेपाल बन्दको पूर्वसन्ध्यामा अनामनगर र बसुन्धारामा भएको ‘आत्मघाती’ विस्फोटमा परेर चार जना विप्लव समूहका कार्यकर्ताको ज्यान गएको थियो ।यसैगरी, सोमबार समेत प्रदर्शनको तयारीमा रहेका सात जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको घण्टाघर हुँदै लैनचौरस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन जाने तयारीमा रहेका उनीहरूलाई प्रहरीले निस्कनुअघि नै पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मकर गुरुङ, जनस्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष टीका कँडेल र प्राध्यापक संघका केन्द्रीय अध्यक्ष मोहन खतिवडा, कुमार घिसिङ, करण श्रेष्ठ, महेश तामाङ र विषम छन् ।नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरेको विरोधमा सो समूहले सोमबार देशैभर प्रदर्शन गर्ने गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो । सो पार्टीका महासचिव विप्लवले २० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै भारतले गरेको नेपालमाथिको हस्तक्षेपको विरोध गर्ने बताएका थिए । राजधानी दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं