SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१४ गते
    ११०६ &#२३४६;&#२३३५;&#२३२५;

    बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको परिवारले बालुवाटारको सरकारी निवास छाडेको छ ।महरा परिवार २९ असोजमा बालुवाटार छाडेर हिंडेको हो । स्रोतका अनुसार महरा परिवार ललितपुरको खुमलटारमा घर घाडामा लिएर सरेको छ । महरा सभामुख हुनुअघि झम्सीखेल बस्दै आएका थिए । महराको नयाँ निवास नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नजिकै छ ।

    संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले बलात्कार आरोप लगाएपछि महरालाई उनको दल नेकपाले सभामुखबाट राजीनामा दिन दबाब दिएको थियो । महराले १४ असोजमा राजीनामा दिए । रोशनीका तर्फबाट बलात्कार आरोपमा कारबाही मागसहित उजुरी परेपछि प्रहरीले उनलाई १९ असोजमा सरकारी निवासबाटै पक्राउ गरेको थियो ।

    तर, पछिल्लो समय रोशनीले आफूमाथि महराबाट यौनजन्य दुव्र्यवहार नभएको दाबी गर्दै आएकी छन् । आइतबार जिल्ला अदालत काठमाण्डुमा लिखित बयान दिँदै रोशनीले प्रहरीको दबाबमा उजुरी दिएकाले उक्त उजुरी खारेजीको माग गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं