SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१४ गते
    ११३७ &#२३४६;&#२३३५;&#२३२५;

    बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको परिवारले बालुवाटारको सरकारी निवास छाडेको छ ।महरा परिवार २९ असोजमा बालुवाटार छाडेर हिंडेको हो । स्रोतका अनुसार महरा परिवार ललितपुरको खुमलटारमा घर घाडामा लिएर सरेको छ । महरा सभामुख हुनुअघि झम्सीखेल बस्दै आएका थिए । महराको नयाँ निवास नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नजिकै छ ।

    संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले बलात्कार आरोप लगाएपछि महरालाई उनको दल नेकपाले सभामुखबाट राजीनामा दिन दबाब दिएको थियो । महराले १४ असोजमा राजीनामा दिए । रोशनीका तर्फबाट बलात्कार आरोपमा कारबाही मागसहित उजुरी परेपछि प्रहरीले उनलाई १९ असोजमा सरकारी निवासबाटै पक्राउ गरेको थियो ।

    तर, पछिल्लो समय रोशनीले आफूमाथि महराबाट यौनजन्य दुव्र्यवहार नभएको दाबी गर्दै आएकी छन् । आइतबार जिल्ला अदालत काठमाण्डुमा लिखित बयान दिँदै रोशनीले प्रहरीको दबाबमा उजुरी दिएकाले उक्त उजुरी खारेजीको माग गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केपी ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेस प्रतिवद्ध छः प्रकाशशरण महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री प्रकाशशरण महतले पहिलो चरणमा एमाले अध्यक्ष केपी...

    कांग्रेस-एमालेको नयाँ सरकारका लागि भोलि नै दाबी पेश गर्ने तयारी

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु नयाँ सरकार गठन प्रक्रियालाई चाँडो टुंग्याउन लागिपरेका...

    प्रधानमन्त्री भोलि अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८...

    इनर ह्विल क्लब अफ अन्नपूर्णको पदस्थापन सम्पन्न

    शिशिर पौडेल, पोखरा। सामजिक क्षेत्रमा कृयाशिल संस्था इनर ह्विल क्लब अफ पोखरा ५७७० को १५...

    पर्वतमा पहिरोले १ रेष्टुरेन्ट सहित ६ घर पुरयो,मध्यपहाडी र कालीगण्डकी लोकमार्ग अवरुद्ध,

    पर्वत । निरन्तरको बर्षातले पर्वतका विभिन्न ठाउँमा ठूलो मात्रामा क्षति भएको विवरणहरु प्राप्त भएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं