SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१६ गते
    ५२२ &#२३४६;&#२३३५;&#२३२५;

    पूर्वसभामुख कृष्णबहादुर महराद्वारा यौन हिंसाको शिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाहीले असुरक्षित महसुस गरेर भावावेशमा अप्रिय निर्णय लिन सक्ने भन्दै प्रहरी परिसर काठमाण्डुले उनको सुरक्षामा एक असई र एक महिला प्रहरी खटाइदिएको छ  ।

    यो घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने मंगलबार बिहानपछि अपराह्न ४ बजेसम्म महिला सम्पर्कबाहिर रहेको र त्यही समयमा उनी आफ्नो बयान फेर्न दबाबमा परेको हुन सक्ने सुनाए  । घटना सार्वजनिक भएपछिको अवधिमा शाही परिवार वा नातेदारको साथमा नहुनु र महरासँग निकट व्यक्तिहरूको सम्पर्कमा पुग्नुबाट पनि उनी दबाबमा परेको आशंका जन्मिन्छ  ।

    अपराध पीडित संरक्षण ऐन–२०७५ ले पनि पीडितलाई राज्यले नै संरक्षण दिनुपर्ने व्यवस्था गरेको छ  । उक्त ऐनको दफा १० मा पीडितलाई अभियुक्त, कसुरदारबाट पीडित वा पीडितमा आश्रित व्यक्तिविरुद्ध हुन सक्ने आक्रमण, क्षति, डर, त्रास, धम्कीबाट सुरक्षित हुन पाउने अधिकारको व्याख्या गरिएको छ  ।

    तर शाहीले राज्यबाट यस्तो सुरक्षाको प्रत्याभूति पाएको देखिँदैन । काठमाण्डु बाहिर रहेका उनका श्रीमानको पनि घटनाको सन्दर्भमा साथ दिएको देखिँदैन  । बरु उनका श्रीमान् घटना सार्वजनिक भएपछि निरन्तर महरा र उनी निकटका मान्छेसँग सम्पर्कमा छन् ।अधिवक्ता मिरा ढुंगानाले आफ्नो समस्याबारे प्रहरीलाई मौखिक जानकारी गराएपछि पीडितलाई संरक्षण गर्नु राज्यको दायित्व हुने बताइन् । कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं