SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१३ गते
    १३२५ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल पर्वत ।
    पर्वत मोदीकाली व्याडमिन्टन संघ, कुश्मा द्धारा आयोजिते मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

    विजया दशमीको पुर्व सन्ध्यामा कुस्मामा आयोजित सिनियर तर्फ भएको फाईनल खेलमा कृष्ण बहादुर घर्ती मगर र लोक बहादुर खत्री को जोडीले उपाधी हात पारेको छ । उक्त जोडीले हरिओम शर्मा लामिछाने र नुन बहादुर थापाको जोडी लाई २–० सेटमा पराजित गरेको हो ।

    यस्तै जुनियर तर्फको फाईनल खेलमा छविलाल सुवेदी र सुरज बस्नेतको जोडीले यामनाथ पौडेल र दयाराम अधिकारीको जोडीलाई २–० सेटमा नै पराजित गर्दे उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ। मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगितामा आपासी भाईचारा र वन्धुत्व स्थापना गर्दै विभिन्न क्षेत्रमा रहि यस कुश्मा आसपासलाई कर्मथलो बनाएका व्यापारी, व्यवसायी, निजामती कर्मचारी, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना लगायत विभिन्न क्षेत्रमा संलग्न भई व्याडमिन्टन तथा अन्य खेलप्रमी महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    कार्यक्रमको समापन एवम् पुरस्कार वितरण समारोह कार्यक्रम पर्वत मोदीकाली व्याडमिन्टन संघका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सुनिल भुषालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, विशिष्ट अतिथिहरुमा शसस्त्र प्रहरी उपरिक्षक सोम बहादुर गुरुङ, प्रहरी नायब उपरिक्षक श्यामु अर्याल, पर्वत उधोग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख बासुदेव रेग्मी, पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदी, घरेलु तथा साना उधोग विकास कार्यालयका प्रमुख गोविन्द प्रसाद पौडेल, मोदी गाँउपालिका वडा नंं ६ का वडा अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य विमल लामिछाने लगायतको उपस्थिति रहेको थियो । खेलकै क्रममा सवै उपस्थित महानुभावहरुलाई शसस्त्र प्रहरी बल २५ नं. गणको संयोजनमा दिवा भोजको आयोजना गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले आफ्नो–आफ्नो इच्छा अनुसारको खेल खेलदै शरिरलाई स्वास्थ्य राख्नु पर्ने बताईन् । यस्तै अन्य विशिष्ट अतिथिहरुले समय समय मा मैत्रीपुर्ण खेलको आयोजना गरि खेल र आफ्नो स्वास्थ्यलाई चुस्त दुरुस्त राख्नु पर्ने बताए ।

    कार्यक्रमका संचालक हरिओम शर्मा लामिछाने र पर्वत मोदीकाली व्याडमिन्टन संघका उपाध्यक्षले निकै संर्घष र परिश्रमका विच कुश्मा मा व्याडमिन्टन कर्भडहल बनेको भन्दै यस क्रममा सहयोग गर्नु हुने सवै सहयोगी मन हरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं