SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२६ गते
    १०७६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले चाडबाडको माहोल नजिकिदै गएको बेला जुवाडेहरु माथीका कारवाही शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले दिएको जानकारी अनुसार पर्वतको कटुवा चौपारी बाट चार जना पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेहरुमा पर्वत कुश्मा नगरपालका वडा नं ९ बस्ने वर्ष ३७ को दिनेश ढकाल, सोहि ठाउँमा बस्ने वर्ष ३५ को नवराज अधिकारी, साथै सल्यान शारदा नपा वडा नं ६ घर भई हाल कुश्मा नपा ९ बस्ने वर्ष ३८ को उमाभक्त वस्नेत, र फलेवास नपा वडा नं ३ शंकरपोखरी वस्ने वर्ष ५० को राम प्रसाद तिवारी रहेका छन् ।

    उनीहरु चारै जनालाई कुश्मा नगरपालिका वडा नं ९ ज्ञ्यादी बस्ने वर्ष ७२ की लक्ष्मी श्रेष्ठको घर गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतवाट प्रहरी निरीक्षक राजन रायमाझीको कमाण्डमा खटिएको प्रहरीको बिशेष टोलिले पक्राउ गरेको हो ।

    उनीहरुबाट नगद रू दुई लाख सत्र हजार दुई सय रुपैयाको साथै १ बुक तास र जुवा खेल्न प्रयोग गरिएको गलैचा समेत कब्जामा लिइएको पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले सुचनाकेन्द्र डटकमलाई जानकारी दिएका छन् ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं