SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२५ गते
    १४५३ &#२३४६;&#२३३५;&#२३२५;

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १८ जनालाई पक्राउ गरिएको छ । प्रकाश चन्द अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव हुन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिग्राम शर्माले पुष्टि गरे ।

    महासंघको पूर्वघोषित कार्यक्रमअनुसार बुधबार मेडिकल कलेजपरिसरमा मेडिकल शिक्षामा भइरहेकाे दलालीकरणकाे विरोधमा महासचिव चन्दकाे नेतृत्वमा प्रदर्शन गरिरहेको अवस्थामा उनीहरुलाई बुधकारा बिहान ९:३० बजे गिरफ्तार गरिएको हो ।

    चिकित्सा शिक्षामा भइरहेको चरम दलाली, विकृति र माफियाकरणको अन्त्यको माग गर्दै आज मेडिकल कलेजहरुमा विरोधमा प्रदर्शन कार्यक्रम तय गरिएको थियो । सोहीअनुरुप दर्जनौं चिकित्सक तथा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुले चितवन मेडिकल कलेजअगाडि माफियाकरण र दलालीकरणको अन्त्य गर्नुपर्ने र चर्को रुपमा बढाइएको चिकित्सा शिक्षालाई सर्वसुलभ बनाउनुपर्ने माग गर्दै कालो ब्यानरसहित प्रदर्शन गरेका थिए ।

    सोही अवस्थाबिचबाट मेडिकल कलेजमा नियमित कार्य संचलानमा अवरोध पुरयाएको भन्दै चितवन जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले महासचिव चन्दसहितलाई बिहान ९ः३० बजेतिर गिरफ्तार गरिएको हो । अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक सोधपुछ भइरहेको कार्यालयको सूचना शाखाले जानकारी दिएको छ ।

    यही भदौ ५ गते महासचिव चन्दले काठमाडौं एक पत्रकार सम्मेलन आयोजना गरी २० दिने विरोधका कार्यक्रम घोषणा गरेका थिए । सोहीअनुसार भदौ २५ गते विशाल जनस्वास्थ्यकर्मीहरुको प्रदर्शन गर्ने कार्यक्रम रहेको थियो ।

    गिरफ्तार महासचिव चन्दलगायत गिरफ्तार सबैको तत्काल बिनासर्त रिहा गर्न महासंघका अध्यक्ष टिका कँडेलले सामाजिक संजालमार्फत माग गरेका छन् । फाईल तस्बीर

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं